Posted by: rimote December 15, 2005
Nagarkot details
Login in to Rate this Post:     0       ?        
प्रत्यक्षदर्शीका अनुसार, राती ११ बजे सादा पोशाकका करिब ८ जना सैनिक सहित आएका थापाले अत्याधुनिक हतियारद्वारा मन्दिरको पश्चिमतर्फाट अन्धाधुन्ध गोली प्रहार गर्दा घटनास्थलमै ११ जनाको हत्या भएको थियो भने दीपक थापाको उपचार्रार्थ अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । थापाले गोली प्रहार गर्दा सादा पोशाकमा आएका सैनिकहरुले मन्दिरभित्र रहेका भक्तजनहरुलाई घोप्टो परेर लुक्न भनेको र आफूले त्यसै गरेका कारण ज्यान बचाउन सफल भएको घटनामा बाँचेका एक प्रत्यक्षदर्शीले बताए । मृतक र घाइते सबैलाई सेनाले सोही दिन राती ४ बजे अघि नै भक्तपुर अस्पताल र सै निक अस्पताल छाउनीमा पुर्याएको थियो । मृतकका लास र घाइतेहरु बोक्ने काममा सेनाले मारिएकाहरुका परिवार र स्थानीय वासिन्दालाई लगाएको देखिएको छ । घटनास्थल वरपर रगतका टाटै टाटा, रुखमा गोली लागेका चोटहरु प्रशस्तै देखिएको छ । तर, सेनाले रगत अत्याधिक देखिएका स्थानहरुमा माटो र झुसले पुर्ने प्रयास गरेको पनि देखिएको छ । घटनाका सम्बन्धमा अध्ययन टोलीको दृष्टिकोण ० सादा पोशाकका सुरक्षाकर्मीहरु उक्त स्थानमा कुन जिम्मेवारी अर्न्तर्गत गएका थिए र मनोरञ्जन गर्ने बहानामा मेला भर्न आएका र्सवसाधारणसँग किन अभद्र व्यवहार गरी हतियार देखाइ हातपात गरेका थिए भन्ने सम्बन्धमा नगरकोट सैनिक शिक्षालयको धारणा अबिलम्व र्सार्वजनिक हुनुपर्दछ । ० जनतासँग झगडा गरेर ब्यारेक फर्केका सेनालाई के कारणले, कसको निर्देशनमा, कुन प्रयोजनका लागि अत्याधुनिक हतियार र यथेस्ट म्यागजिन उपलब्ध गराइयो - तत्काल र्सार्वजनिक गरिनु पर्छ । Rest down
Read Full Discussion Thread for this article