Posted by: rimote December 15, 2005
Nagarkot details
Login in to Rate this Post:     0       ?        
घटना विवरण सेनाद्वारा ०६२ मंसिर २९ गते राती ११३० बजे भक्तपुरको नगरकोटस्थित श्री कालीदेवी मन्दिर लागे को मेलामा गएका नगरकोटका १२ जना सर्वसाधारण नागरिक र एक जना सैनिक जवानको विभत्स हत्या गरिएको छ । शाही सेनाको नगरकोटस्थित शिक्षालयमा कार्यरत सैनिक जवान बासुदेव थापाले मंसिरे पूणिर्माको मेला मनाउन सो दिन राती भेला भएका स्थानीय सर्वसाधारणमाथि अन्धधुन्ध गोली प्रहार गर्दा नगरकोटका १२ जना स्थानीय जनसाधारण मारिएका हुन् । गोली हान्ने बासुदेव थापालाई पनि टाउको र छातीमा गोली प्रहार गरी हत्या गरिएको छ । मारिने र घाइते भएकाहरु अधिकांश दलित र जनजाति समुदायका रहेका छन् । सेनाबाट हत्या गरिएकाहरु सबै नगरकोट गाविस वडा नं ६ र ७ का बासिन्दा रहेका छन् । हत्या गरिएकाहरुमा ४० वर्षका भगवान तामाङ, ४० वर्षका आइते तामाङ, ४० वर्षका रामलाल नगरको टी, २० वर्षका माया तामाङ, ३० वर्षका सुजन श्रेष्ठ, २५ वर्षका रामप्रसाद पन्थ, २० वर्षका काले तामाङ, २० वर्षका नानु नगरकोटी, २५ वर्षका निरु तामाङ, ५ वर्षका बालक दीपक तामाङ, ११ वर्षका अर्का बालक धमाइ लामा, उमेर नखुलेका दीपक तामाङ रहेका छन् । यसरी १२ जना स्थानीयबासीको हत्या गर्ने नगरकोटस्थित शाही सेनाको शिक्षालयमा कार्यरत सिपाही २७ वर्षका बासुदेव थापा समेत मारिएका छन् । पोष्टमार्टम प्रतिवेदन अनुसार मारिएका र्सवसाधारण र सैनिक जवानको टाउको र छातीमा गोली लागेको देखिएको छ । सेनाको गोलीबाट घाइते हुने १९ जनामा नगरकोटका निरज तामाङ, भीमबहादुर तामाङ, कालु तामाङ, सपना लामा, प्रविण शाह, रामकुमार नगरकोटी, कृष्णबहादुर तामाङ, जगत तामाङ, राम पहारी, रामभक्त नगरकोटी, पूर्ण तामाङ, सुकलाल नगरकोटी र गोपाल पहारी रहेका छन् । बाँकी छ जना नामा र थप बिबरण प्राप्त भएको छैन । सैनिक जनसर्म्पर्क निर्देशनालयका अनुसार, घाइते भएका १९ मध्ये १६ जनाको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ भने तीन जना घाइते शिक्षण अस्पताल महाराजगञ्जमा सामान्य उपचारपछि घर फर्केका छन् । Rest Down
Read Full Discussion Thread for this article