Posted by: Bhaute December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
आफ्नो पनि दाईँ हाल्ने चटारो छ अहिले, सोँबार सकिन्छकि भनेको। तेल सक्केर मिल चलाउन नि पा'छैन। गोताएँको बिहे खर्च कुटेपछि त्यत्तिकै छ। मिलाँ धान, मकै र कोदोको लइन छ। अस्ति जमुनिले पन्र पुसाँ लट्टे खान भनेर पाथि चारेक अनदीका धान कुट्न ल्या'कि थिइ। २-४ दिन पर्ख भनेको त " मैले अर्दा ल्याको मिल, मेरै धान नकुट्नी" भनेर झन्किदै गुनिया उचाल्दै उँभो तिर लागी। घर गएर पोइलाई उचालिछे। उत्निखेरै सिरे जवईँ आ'र बोल्दा नि नबोलि धानको थैलो जुरुक्क काधाँ बोकेर "तिम्रा मात्र छन् र मिल, हाम्रा घरैमा छन" भनेर खुट्टा बङ्ग्याउदै हिँडे। अलेलि जाँड खा खा'रेछन्। फेरि झगडा पर्ला भनेर म नि क्यै बोलिन। हिजो गोताएँ ससुराल ग'र आउँदा जमुनि आगनाँ घाम ताप्दै कपाल कोर्दै थी रे। सिरे जवईँ चैँ आफैले भकर्ल्याईँ भकर्ल्याईँ धान कुट्दै थे रे ढिँकीमा दु:ख पाइस मंगले, आफ्नै ढंगले। पन्र पुष अगाडिनै कुट्दिन्छु त भनेकै थिएँ नि। गुल्टिदै गरम........ :-) -भउते
Read Full Discussion Thread for this article