Posted by: Ok December 13, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
तर त्यसघट्नाले मेरो सोचाईमा निकै परिपर्तन ल्यायो, खास गरेर उनिहरुको बिचारमा भन्दा पनि कृयाकलापमा। लाग्यो, माओवादी बिद्रोहमा त फटाहाहरु सर्वसाधारणको रगतमा होली खेल्दै र गरीवहरुलाई नै एकआपसमा लडाउँदै उम्कन सक्छन् भने बेकार छ यो हत्याको राजनिति। शताब्दिऔँदेखी नेपाली जनतालाई दास बनाउँदै उज्यालो देख्नबाट बञ्चित गराउने सामन्ति राणा र शाहखलकको जरो उखेलेर सदासदाका लागि बिदा गर्नसक्ने हैसियत नभै गरेको क्रान्तिले नेपालमा कुनै परिवर्तन ल्याउन सक्तैन र यस्तो क्रान्ति कहिल्यै सफल र दिगो हुँदैन। जबसम्म यिनीहरुको नेपाली राजनितिमा प्रभुत्व रहन्छ, तबसम्म ब्यक्तिगत स्वतन्त्रता, मानब अधिकार, बिधिको शासन, प्रजातन्त्र र शान्तिको स्थायित्व पूर्णतः असंभव छ। हाटमा घनश्यामसरले मञ्जुलाई एउटा फ्रक र सर्टको कपडा किनिदिनु भो। हिड्नेबेलामा होटलमा पसेर खाजा खायौँ। बाटामा मैले सबै कुरा भने सरलाई, कुनै नछुटाईकन। घनश्यामसरले केही प्रतिकृया जनाउनु भएन, केबल सुनिमात्र रहनुभो। अन्तमा यतिमात्र भन्नुभो 'ओम, अहिले तिम्रो पढ्नेबेला छ, अन्त कतै केहि नसोची पढ्दा राम्रो हुन्छ"। मैले पनि उहाँको कुरा स्विकार गरेँ र अब लगनशिल भै पढ्ने अठोट गरेँ। रामपुर पुगेर घनश्यामसरको घर र मेरो कोठातिर जाने बाटो छुट्टीने बेलामा सरले भन्नु भो "ल जाउ कोठामा, भाईबैनी अतालिईरहेका होलान्। हिँजो बेलुका मञ्जु पनि गएर बसिन् क्यारे भाईबिहिनीसँगै। अर्को हप्ता शुक्रबार सत्यनारायणको पूजा लगाउने भनेको छ हाम्रो घरमा, आउ है तिमी"। "हवस् सर" मैले सरको कुरा सहर्ष स्विकारेँ र छिटोछिटो कोठातिर पाईला चालेँ। साझाल्यान्ड, २८ मंसिर २०६२
Read Full Discussion Thread for this article