Posted by: Ok December 13, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
"यो त यहाँ पो बसेको रहेछ। मैले कता-कता मात्र खोजिन। हिँड् गेटमा, तँलाई कोही मानिस भेट्न आको छ।" अकस्मात् पछाडिबाट कडा स्बर सुन्दा झसंग भएँ। त्यहि पुलिस रहेछ। जुरुक्क उठेर उस्को पछि पछि लागेँ। 'मलाई भेट्न को आयो होला? फेरी मेरो कुरा बाहिर पनि पुग्न पाको छैन।' सम्भाबित मान्छेको अनुमान गर्दै पुगेँ गेटमा। "ओम" मैले नदेखिकनै कसैले बोलायो। फर्केर हेरेँ, घनश्यामसर हुनुहुँदो रहेछ। के भन्ने के भन्ने, अलमल्ल परेँ म। सदा झैँ नमस्कार त गरेँ तर बोली नै निस्कन सकेन मुखबाट। आँखा रसाएर आए, मुटुमा भक्कानो छुट्यो, मनभरी पेटभरी भयो। घनश्यामसरलाई मैले आफ्नै बुबा रुपमा देखेँ, त्यसबेला। 'बुबा!' भन्दै उहाँको अँगालोमा गएर धित् मरुन्जेल रुन मन लाग्यो। तर पनि चुपचाप भै छेवैमा उभिरहेँ। उहाँले नै सोध्नुभो "हिँजो बेलुका के खायौ त ओम? मैले टाउकाकै ईसारामा त्यहि पुलिसलाई देखाएँ र भने "उहाँले नै सबैकुरा गरिदिनु भो"। घनश्यामसर र त्यो पुलिसले गफ गरे धेरैबेर। त्यसपछि हामी तिनैजना डिएसपीसरलाई भेट्न गयौँ। 'अब आईन्दा यस्तो काम नगर्ने' सर्तमा सहि गर्न भने मलाई। घनश्यामसरले 'मैले जिम्मा लिएको' बेहोरामा सहि गर्दिनु भो। डिएसपी कार्यालयबाट निस्किँदा निस्कँदै मलाई त्यो पुलिसको नाम सोध्न मन लाग्यो। उस्ले पनि 'अब त यो चिठ्ठी पनि पठाउनु पर्दैन होला नि?' भन्दै मुसुक्क मुस्कुराएर आफ्नो नाम र जन्मघर बतायो। 'ओमलाई सहयोग गर्दिनु भकोमा धेरै धेरै धन्यबाद छ है पुलिस भाई, रामपुरतिर आँउदा यसो मेरो घर सोध्दै निस्कनु होला नि' मैले भन्नु अगावै घनश्यामसरले कुरा सकाउनु भयो। सरले हात मिलाउनु भो, मैले नमस्कार गरेँ र हामी बाटो लाग्यौँ। पछि माओबादीले सोलु आक्रमण गर्दा मर्ने प्रहरीहरुको लिस्टमा उस्को नाम अनलाईन पत्रिकामा पढ्दा मलाई यति दुःख लाग्यो कि मेरो माओबादी बिद्रोहलाई हेर्ने दृष्टीकोण नै परिवर्तन भयो। त्यसअघिसम्म 'छिमेकी गाँउको एकजना फटाहा प्रधानपञ्च (जस्ले जनमतसंग्रहताका १ जना गाँउलेलाई मार्दै ४ जनालाई जेलमा सडाएको थियो) लाई मारेको, गाँउबाट जाँडरक्सी र तास पुर्णतयाः निर्मुल गरेको, असमान समाजीक कुरितीहरुलाई हटाउँदै लगेको र सर्वसाधारणलाई न्याय दिने काम गरेको' जस्ता माओबादी बिद्रोहबाट भएका र आफ्नै आँखाले देखेका असल कामहरुले मेरो मनमा उनिहरुप्रति अगाध आस्था थियो। क्रमशः
Read Full Discussion Thread for this article