Posted by: nepesahila December 12, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
सुर्जे दक्खिना'ड पच्छिउँ ढल्न्न ढल्न्न आँट्या हुँदो हो। लात्तिको बोम देखि लेर माइला' मछेडधानी सब ला'र सिमखोला' माछा निखारियो।
र न नि के बिदि रचन नि। सबका भागाँ दुइ दुइ पसरी माछा परे। उता राजु चैं कालीमाटीका मुर्ति बनौंदै रेछ। एउडा शिबलिङ्ग त बनाइ नि सयछ। अब धेरैबेर खोला किनाराँ बसेदेखिन् (भुत) लाग्नी भा' भेर घर तिर हान्निने निधो भो।
फाँटको बाटो हिड्दै थेम।सिम सिम पानी बर्खिन थाल्यो। सुख्राम्याँ खेताँ रोपाइ चर्किंदै रेच। खाजा खाइवरि रोप्न सुरुके गर्याथे, पर्कितिले धोका दिइ गो। सुइइइइइया सुस्केरा हाल्दै भँडार्नी भौजु हतारिंदै घुम खोज्न तिर लागिन्।
'ह न ए मारानी हो, यस्सो असारे गाऔ त'। सेउसे दाइ, जो बउसे गर्दै थे, रोपार हर्लै जोस्यौन लागे। सुख्राम्या खेतको साँधाँ नानीराम्या खेताँ पनि रोपारको तँ छाड म छाड थ्यो।
भँडार्नी भौजुलै कल्ले त्यता' ड डाइलक हानिगो।
सालको पात बसालेको भात गैसक्यो उम्लेर,
असार्को रोपाइ आउनुभो तपाई छाता हैन घुम्लेर।