Posted by: kick December 12, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
..अस्ति लालेहरुले द्वाली थुने देखुन मलाई नि माछा मार्नी रहर चलेर हूरहूरी भई मेला पाताँ मनै लाउन सकेको छुइन। फेरि घरका जानवच्चालाई मासुमाछा नख्वाको पनि जुगै भएकोले अव वसेर भइन् भनेर बिहानै ठंकर प्रसादको डेरातिर लागे। ठंकर प्रसाद मुन्छे चाँहि तराई तिरका हुन्, तर दुई महिना देखि जिल्ला सडक विभागले मटर बाटो खन्नी भनेर ठेक्दार वनाएर पठायसी त्यही मोटी होटेल्नीको घराँ एउटो कोठो लेर बसेकाछन। म पनि बाहिरका मुन्छेसंग छिट्टो मिल्ती गर्छु, फेरि तराईका मुन्छे घर सम्झेर गारो नि हुँदो हो भनेर त्यो मानेको हात अलिकति मुइ (मही) पनि पठाइदेकोथेँ अस्तिनै। ‘आज कतावाट आइलिइदिनु भयो काका’ भन्दै ठंकर प्रसादले उनको कोठा भित्र लगेर खाटमा बस्न भने र कोठैबाट झ्यालतिर हेर्दै तल ‘चाय’ ल्याउन अराए मोटीकी छोरीलाई। पहिला त अलि अप्ठेरो लागेर भनम कि नभनम भओ त्यस पछि चाँहि ‘मोही माग्नी ढूंङरो किन लुकाउनी हो’ भनेर खुसुक्क ‘ल ठेकदारसाप्, तो पहरो फोर्न ल्याको बोम (Bomb) हरुबाट एउटो दिन परो, बरु माछा मार्न तपाइँपनि आम’ भने। शुरुमा त बुढाले अलि हुन्न जस्तो गरे तर पछि मैले ‘हेर्नुस ठेक्दार साप्, कसैले था पाउन्नन, त्यो सिमोरवोटको काली र (रह) मा हान्नी हो, त्याँट त जति चर्को पड्केनी ठाना (Police post) सम्म त ज्यान गए नि सुनिन्न’ भनेर भनेसि चाँहि वल्ल ‘काका, हुजुरले भनिदिएकोले मात्र हो, और लोगलाई नभनिदिनुहोला’ भने। त्याँसि चा खाइयो, अनि उनको अपिसको इस्टोराँ (store) गएर एउटो बोम गोर्खापत्रमा बेरेर दिए। उनि आफु चाँहि नआउनि तर एक सेर माछा पछि उनलाई पठाउनी कुरो भओ। त्यतैबाट लालेको घराँ गएँ। लाले डोको बुन्दइरैच। तेलाई करेसाँ लएर मेरो पिलान (plan) सुनाएँ। केटो दंग परो गाँठे! माछा भनेसी लालेले र्याल काढ्न थालिहालो। अनि लाले र म डोको वुन्दै द्वालीका बारेआँ गफ गर्योँ एकछिन। यो द्वाली चहिँ मलाई मन पर्दैन गाँठे। कि परार साल थकालीहुरले गरे झैं खोलै फर्काउनु परो, हैन भने यो तुर्के द्वाली थापेर जितिन्न। ट्याम पनि धेरै लाग्नी, माछा नि धेरै नपर्नी। खोलो नि यता टाल्डा उता भल उता टाल्डा यता भल, हैरानै! फेरि तो खिर्रो थिच्दा आँखाँ लाउनि डर! पोहोर भङ्ली दमिनिको छोरोले खिर्रोको चोप आँखाँ लाएर धन्न आँखो फुटाएन, फुलो अझै छ देब्रे आँखाँ। माछालाई बिख् पनि हुन्च कि हुन्न कुन्नि तो खिर्रो। माछा लोलाए जस्तो मात्र गर्चन, पानी धमिलो भएर हो कि त! विख भा त ठहरै पार्नी थो! साँझ तिर नमे, लाले, बिर्खे, सिरे, भउते, दादा, पुन्टे, साँइला, जंगे सप्पै भएर सिमोरवोटको काली र तिर गइम्। गोताएँनि मन नलाइ नलाइ, ‘ब्या गरेसि चेन् (change) भओ’ भन्चन् भन्ने डरले यामकलालाई छाडेर आओ। खोलो पुगेसि कता तिर बोम ठोक्दा ठीक होला भनेर दादा र मैले आँखा लाइम्। बडेमानको ढुंगोमुनि ठुल्ठुला माछा सल्बलाको दादाले देखेसि तेइँनिर हान्नी सल्ला भओ। त्याँसि मैले बोमलाई लाम्चो ढुंगोआँ बाँधे र सिरेलाई चाईँ सिखरेट सल्काम्न लाएँ। केटाहुरलाई ढूंगा पछाडि लुक्न लाएर म र सिरे अगाडि गइम्। क्रमश…….
Read Full Discussion Thread for this article