Posted by: nepesahila December 11, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
त्यै सल्ला अन्सार घराँ एक थाल भात हसुरेछि हान्नियो सिम तिर। सुरुमा नेपाल्ने, दादा र म मात्तै थेम, पछि बिर्खे माइला नि आए। "नेपे दाजि काँ गए हुनन्?" भन्दै थे बरा। फाँटतिरा'ड गए चाँडै हुने तर भख्खरको रोपाइँ, आर्का' आली बिगारिने डरले बरु गोताँया घरनिरको गोरेटो तिरा' ड शनै: शनै झर्दै सिमतिर लाग्नि निधो भो। नेपाल्नेले त मछेडधानी नी ल्याएचन्। "यिनले चैं बोल्या पुर्यौंचन् है"। माइलाले भनिहाले। गाउँ कट्यो। मान्छेहरु पनि बिरालाकोटि यस्सो खेताँ काम अर्न आकामात्र देखिए। मैले मौका छोपेर गुलेली निकाल्दै हात तिखार्न थालेँ।
Read Full Discussion Thread for this article