Posted by: Birkhe_Maila December 11, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
पोलेको माछा खाँदै सबै रमाइलो गर्दै थिएम्। एक हुल तरुनि हरु आए अचानक! पाल्पा बाट आएका रे। हाम्रो आइते को एक जना सङ्ग खासखुस चलेको रेछ केरे, दुइजना त गित पो गाउँन थालेचन! आइते - पाल्पा तिर घुम्या छ नजर झल्को आउँछ तानसेनको बजार काली सलल, पाल्पालि मायालाइ सम्झैँ झलल केटी - मेरो पनि मन् छैन थिर हुन्न भेट राम्दिको पूलनिर आँधी सलल, स्याङ्जाली मायालाई सम्झेँ झलल आइते - माडी फाँटमा म धेरै धाउने तिम्लाइ भने सम्झनै नआउने काली सलल, पाल्पाली मायालाइ सम्झेँ झलल केटी - तिम्रो हाम्रो भैरन्थ्यो देखादेख भेट गर्नलाई आएनउ रिम्घा लेक आँधी सलल, स्याङ्जाली मायालाई सम्झेँ झलल उता चित्रेको चाहिँ कुरा मिल्न लागेको रेच केरे तर केटिले पछि पछि भनेर चित्रे लाई टेन्सन। अनि दुबैले यस्तो गित गाएचन् - चित्रे - भन माया पर्खीम म कति धेरै भयो बसेको पिरती सुर्जे चन्द्रमा…….. दुइ मुटुलाई एकै ठाम जोडम है मुङ्सिर पन्ध्रमा केटी - गाम समाजलाई अडिनु पर्छ अझै पर्खि बसन एक बर्ष सुर्जे चन्द्रमा……. दुइ मुटुलाई एकै ठाम जोडम है मुङ्सिर पन्ध्रमा चित्रे - बिति सके तिन चारै बर्ष सधैँ त्यसै भन्छौ र मन मर्छ सुर्जे चन्द्रमा…….. दुइ मुटुलाई एकै ठाम जोडम है मुङ्सिर पन्ध्रमा केटी - एक बर्ष त बस्न देउ हेर जानु पर्छ बाउ माइती त्यागेर सुर्जे चन्द्रमा हो दुइ मुटुलाई एकै ठाम जोडम है मुङ्सिर पन्ध्रमा
Read Full Discussion Thread for this article