Posted by: Dada_Giri December 9, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
कलकीं, एउटा कुरा नि, अब यो खुवाँ (ढडियाको अर्को प्रकार) साउनको बाढि सकिएसी भदौ, असोजतिर थाप्ने चलन हुन्छ के हाम्रा गाम-ठामतिर। त्यो बेला माछा जति तलैतलै पौडिँदै जान्छ रे। तर यो छ नि श्रावणको भेल हुने ताक भने माछा माथि माथि जान्छ रे। त्यो भेऽर टिप(किन टिप भुन्या हो कुन्नि?) थाप्ने चलन हुन्छ। भन्न खोज्या कुरा के भने नि, जब Year End हुन लाग्यो कलकीं साझामा बढि देखिन्छ क्या! हैन, तिम्रो जाल हान्ने मौका यही हो?
Read Full Discussion Thread for this article