Posted by: Dada_Giri December 7, 2005
Login in to Rate this Post:
0
?
यो दौँतरीलाई
6. Toran Bahaduur Gurung
भोट हालेको हो यार बुरोलाई, पञ्चायती ब्यबस्ता हुँदैको कुरा हुँदो हो। बाल बिक्रम शाह मरेसी सिट खाली भो नि, अनि बुरो उठ्यो उप निर्बाचनमा। है, अब जबान दौँतरी जोसिलो मन्छे भुनेर हाम्ले नि भोट देको।
अब ऊ बेला त २१ पुग्नु पर्थ्यो क्यारे यो भोट खसाल्नळाइ पिनि। यो चुनाब सुनाब भनेको आइलेको जास्तो १३,१४ वर्षको बच्चाको उमेरदेखुन कोले बुझ्थ्यो र? अनि मुइले नि सुटुक्क आर्काको नाममा ठाँटिर भोट हालेको। कोले बिरोध गर्ने नि आब जाम्मै पञ्चायत भएसी। सबैले हो हो हाम्रा दादा गिरी २१ वर्षा ठ्याक्कै पुगेको हो यही सहि नामको मन्छे हो भुन्यो सबैले अनि भोट हालिँ।
अनि तेसको २,३ महिनापछिन् बहुदल आयो। दौँतरीले रा पं स को सपथ ग्रहण गरेको १ हप्ताभित्रेमै बहुदल आयो।
उहीले भोट हालेको अहिले बल्ल मन्त्री भएछ, के भन्ने अब।