Posted by: Dada_Giri December 5, 2005
nick name
Login in to Rate this Post:     0       ?        
chipledhunga , हैन गाउको नाम हैन र भन्या पोखराको? कलंकीले कलंकीस्थान राख्यो भुनेर चिप्लेले पुनि चिप्लेढुगां राख्या होला भन्ठा्न्या, हुन त म साझामा छिर्दाखेरि २टै थिए केरे। कुनले कुनको कपि गरेको हो त्यो त भन्न सक्दिन। म त, "बोऽर भयो यार, साझामा छिरेर दादा_गिरी गर्नु प-यो, भन्ने हेतुले छिरेको।@ अनि नामै दादा_गिरी । हुन त म पहिला पनि छिर्या रे छु फाटे फुटे अरु अरु नामबाट । कहिलेकाँहि कसैले पुरानो धागो खोजल्यो भने आफ्नो तत्कालिन हेरेर आँफै दगं पर्छु। एक ताल केटीको नाम बाट छि-या थेँ, त्यो बेला थाहा लागो केटाहरु कति मुर्ख हुँदारेछन् भन्ने कुरा। त्यो केटीको नामबाट छिर्दाखेरि केटाहरु सबै मेरो बिचारको समर्थन गर्ने के। बजियाहरु! बुझ्नु सुझ्नु छैन। अनि तेइ कुरो केटाको नामबाट लेख्यो भने "ये धतुरे! काम पाइनस्? गएर सुत्नु नि थुपुक्क ोछ्यान लगाएर।" भन्दा रे छन्। अनि अर्को आएर "हो भुन्या!" भन्दोरेछ। यो मनोवैज्ञानिक अनूभव भो। धेरै अगाडिको कुरा हो।
Read Full Discussion Thread for this article