Posted by: Nepe December 5, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
>दादाले हलो भाच्छन कि भनेर नेपे दाजी आफै कस्सिनु भे'छ। >खुट्टामा फाली लाग्ला है दाजु, बिस्तारै गर्नुस। दादाको र मेरो जोताई अलि फरक भएको चैं हो है । म त्यो घ्यान्ध्रे गोरुलाई पनि अरु गोरु सरह बनाएर एकै खान्गी, एकै गोठ र एउटै जुवामा राखी हलो जोत्न खोज्छु । दादा भने घ्यान्द्रे गोरुलाई जुवा, हलो, मुखौरो, मियो, लौरोबाट अलग्ग राखी दाँई गराउन चाहनुहुन्छ । जुवाबाट बिच्केको बादले गोरु र जुवामै भएपनि मुखौरोको प्वाल च्याती च्याती बाली चोरुवा झालेमाले र काले गोरुलाई यो घ्यान्द्रे साँढेले ठीक पार्छ भन्नुहुन्थ्यो पोहोर हिउँदाआ, तर हिजाज भने घ्यान्द्रे साँढेले त ध्वंसखान पो गर्न थालो है भन्न थाल्नु भा छ । बादले गोरुले हामी पनि जुवामै नारिएर खेत जोत्छम भनेर झालेमाले-कालेसंग मिल्ती गरेर घ्यान्द्रेलाई चै कि गोठ, दाम्लो र लौरो स्वीकार गर कि डाँडा काट् भने पछि र झालेमाले-कालेका सुधा र खाईलाग्दा बाच्छाहरु अघि सर्दै गरेपछि अब के होला त भन्ने चै सर्वत्र छ । घ्यान्द्रे साँढेको बाच्छोले ढुंगा भेटेपछि कृद्ध भआहुँदाहुन् माउ-बाच्छा नै ।
Read Full Discussion Thread for this article