Posted by: blah December 3, 2005
Paras Shah vandalized police headquarters, beat up 3 police IGPs
Login in to Rate this Post:     0       ?        
from kantipuronline पक्राउ परेका १८ जना हिरासतमै कान्तिपुर संवाददाता काठमाडौं, मंसिर १८ - राजधानीको नयाँ बानेश्वरमा एमाले र राजावादीबीच ढुंगा हानाहान भएपछि प्रहरीद्वारा शुक्रबार मीनभवनबाट गिरफ्तार गरिएका १८ जनालाई बिनापुर्जी शनिबार पनि हिरासतमा राखिएको छ । प्रहरीले उनीहरूलाई सवारीका बेला ढुंगामुढा गरेको आरोप लगाएको छ । राजदम्पतीलाई लिन विमानस्थल जाँदै गरेको कारगेटसहितको कार झडपमा परेपछि प्रहरीले बाटामा हिँडिरहेका व्यक्ति र मीनभवनका घरघरमा जबर्जस्ती पसेर साँझसम्म जथाभावी पक्राउ गरेको थियो । पक्राउ परेकामा भीएस निकेतन स्कुलबाट घर फर्किरहेका चार विद्यार्थी सुवास लामा, अर्जुन लामा, उज्ज्वल मास्के र सजिन भट्टसमेत छन् । ९ र १० कक्षामा पढ्ने ती विद्यार्थीको आइतबार परीक्षा छ । उनीहरू ँहाम्रो परीक्षा छुट्ने भयो? भनेर रोइरहे पनि प्रहरीले बेवास्ता गरिरहेको जानकारी अभिभावकले दिएका छन् । उनीहरूलाई शान्तिनगर गेट नजिकबाट पक्राउ गरिएको थियो । हिरासतमा राखिएकामा मीनभवनका बाह्र वषर्ीय शंकरथिङ तामाङसमेत छन् । आफन्तलाई खोज्दै आएका व्यक्तिलाई प्रहरीले को को गिरफ्तार गरिएका छन् भन्ने सामान्य जानकारीसमेत नदिएको गुनासो पीडितले गरेका छन् । गिरफ्तार गरेको २४ घन्टाभन्दा बढी भइसके पनि प्रहरीले उनीहरू कसैलाई पनि पक्राउ पुर्जी दिएको छैन । प्रहरीले उनीहरूलाई 'ढुंगा हानेको हो कि होइनस् ?' भनी कुटपिट गर्दै बयान लिइरहेको स्रोतले जनाएका छन् । उनीहरूले आफूहरूलाई भेट्न आएका व्यक्तिलाई प्रहरीले दिएको यातनाको चोटसमेत देखाएका थिए । स्रोतका अनुसार यातनाका बारेमा कसैलाई नभन्नसमेत प्रहरीले उनीहरूलाई धम्क्याइरहेको छ । प्रहरीले सम्पर्क गर्न नदिएकाले पक्राउ परेकामध्ये धेरैजसोले आफू पक्राउ परेको खबरसमेत आफ्नो घरमा दिन पाइरहेका छैनन् । उनीहरूलाई २४ घन्टासम्म खानासमेत दिइएको छैन । प्रहरीले ओढ्ने/ओछ्याउनेसमेत नदिएकाले उनीहरू जाडाले कठ्यांगि्रइरहेको र राति निदाउनसमेत नसकेको जानकारी स्रोतले दिएका छन् । हिरासतमा राखिएकामा नवराज थपलिया, राजकुमार भण्डारी, रवीन्द्र कार्की, सुमन भेटवाल, सूर्यप्रकाश भट्ट, राजेन्द्र काफ्ले, युवराज राई, पद्मबहादुर मगर, राजकुमार श्रेष्ठ, विनय अर्याल, रामहरि न्यौपाने र विदुर कार्की छन् । काठमाडौं जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश केसीले पक्राउ परेकामा घटनामा प्रत्यक्ष संलग्न व्यक्तिसमेत भेटिएको दाबी गर्दै छानबिन जारी रहेकाले उनीहरूलाई रिहा नगरिएको बताउनुभयो । छानबिन सकिएपछि निर्दोष जतिलाई आइतबार छाडिने जानकारी उहाँले दिनुभयो ।
Read Full Discussion Thread for this article