Posted by: shree5 December 3, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
मैले त सुनेको कुरा है । के भएछ भनि राजा-रानीलाई गाली अ-यो भनेर पुन्टे दाजीलाई समात्न चईनी जिल्ला-गौँडाबाट पुलिस र मेल्टरीका हुलै आएछन केरे बन्दुक भिरेर। पुन्टे दाजी भनि टौवा हाल्न लाई थाम किला काट्न भनेर बन जँगल तिर गाका रैचन धन्न तेही बेलाँ । घराँ पुलिस र मेल्टरीले के के खोजेछन, तेही बेलाँ लाले (lau_ta_lau) ले दुकुरेर गएर बनमै पुन्टे दाजीलाई भनिदिएछन केरे । अब लाले धेरै जसो तेतै बनतिरै जो घुम्नी खोलातिर माछा मार्नी मन्छे भए केरे, कसैले सङ्का पुनि अरेनछन के । त्याँसी त पुन्टे दाजी त बन-बनै लुकेछन तेतै तिर । बेलुका पख मलाई चईनी सम्चार पठाका थे । अनि के हो के हो भनेर खुसुक्क हामीले के कुरो मिलायम भनि पुन्टे दाजी तेतै बनतिरै जो ओडाराँ लुक्नी, बाटुली भाउजुले कि आफै कि कोही भरपर्दो गाई-बाख्रा हेर्ने हुर सित कसैका हात खानेकुरा चईनी अर्नी खाजा साजा आटो पिठो जे जे हुन्छ पठाम्नी । त्याँसी पुलिस र मेल्टरी त तेही दादाको खले गराँ चईनी पाल टाँगेरै बसे केरे । तेसो भासि तेसै जो गरेर पुन्टे दाजी पुनि लुकेको लुक्यै जो गरि राखे । फेरि गामकै कोही कोहीले पोल लाईदेका हुन कि भन्नी सङ्का पुनि छ के । दादाको चईनी खेताँ चईनी साँध-सिमाना को कुरो नमिलेको थियो पुन्टे सित पनि भन्चन कसैले त, तर दादाले त पुन्टे दाजीलाई जाद्रै मया मान्छन, ती मुन्छेले दादा र पुन्टे दाजीलाई फुटाल्न तेस्तो भनेका होलान केरे नि । कसले तेस्तो अ-यो भनेर त येही चौतारीमा सुनाउलान नि कसैले । अनि २ दिन बसेर पुलिस हुर त गए केरे, तर पुन्टे दाजीलाई चईनी गाममा देखिन अलि डरै जो भओ केरे । त्याँसी त बुढा त बनको ओडारबाट पनि एक्कासि हराए केरे । कही पुनि भेटिएनन केरे । त्याँसी त बाटुली भाउजु त जाद्रै जो आत्तिनु भओ र बाटुली भाउजुका दाजी नेपे दाजीलाई लिन सम्चार पठाम्नु भओ । तेस पछि नेपे दाजी पुनि आए केरे, तर तिनले पो क्यार्नी हो र बरा । खन-जोत चईनी घाँस दाउरा चईनी मेलो पात अरेर बाटुली भाउजुलाई सान्त्वना दिन खोजे केरे । तर मेरो मनाँ भनि अलि पाप पलाओ केरे । त्याँसी म खुरु खुरु जो चईनी गेडिखोले धोबिनिकहाँ गएँ र "ए धोबिनी भाउजु, पुन्टे दाजीलाई हेऽरि यो चिठी दिन छ, तीनकै पाटीका मुन्छेले पठाको, फेरि एक-दुई कुरा पुनि गर्न छ, भन त दाजी कता छन " भनेको एकै छिन त अलमल्ल परिन र "छैनन यहाँ त पुन्टे , पुलिसले लगो अरे " भनिन । मेरा भनि बिस्वास लागेन र "मलाई पुनि के ढाँटेको हो, यहाँ पाटीको काम छ के " भनेको त "तेही गोठको थारामा चईनी आँटीमा खरको भारि पल्तिर भित्ता थिम छन " भनेर भनिन । हेर त पापी पुन्टे । मुन्छे पुनि कति कपटी भाका हुन यो धोबिनि भनेसि त । उता घराँ चईनी भाउजु, उनका जेठान सबै अलाँत्र परेका छन कता हराए, पुलिसले लगो कि भनेर, उनी भने तेही मौका छोपेर चईनी टन्न धोबिनीकहाँ बसेका बसेई छन । मैले त माऽर गाली गरे, हुक्न सम्मन हुकेँ केरे, अनि पुन्टे दाजी र म भएर उनकै घर आईयो । भाउजु खुसी भएर आज त के के हो के के पकाम्न लाग्नु भाऽछ, खीर पनि पकाम्नी अरे, तेसो भएर पुन्टे दाजी र भुन्टे भएर भैसी दुहुन गोठतिर गए, नेपे दाजी पुनि मख्ख परेका छन । Keep rolling...
Read Full Discussion Thread for this article