Posted by: Gautam B. December 3, 2005
Login in to Rate this Post:
0
?
पर्सी ब्या' आँट्ने भइयो भनेर पुरेत बालाई खबर गरेर घरतिर लाग्दै थें, कता कता'ट "याऊँकला", "गोतामे" भनेर गुनगुन गरेको आवाज कानमा पर्यो। मै झुक्केको हो कि साँच्चै कोहि छ यता भनेर चौतारा'ट तल्तिर हेरेको नेपे काजीको बारी जोत्दै र'चन्। नेपे काजी र उसे ढुंगा पन्छाउँदै थे, दादाचैं गीत गाम्दै जोत्दै थे। आइतेचैँ डिलमा बसेर लेकसाइडका कुईरीहरुको बारेमा गफ लाम्दै थ्यो।
" ल हेर गोताएँ पुनि आइपुग्यो। चाँडै काल आम्दैन यस्को!" भनेर भन्छन् नेपे काजी हाँस्दै।
"काँ ऐल्यै काल आम्ने कुरा गर्या दाजी? भर्खर त याम्कीलाई झ्याईँ पार्दैछु। बरु पर्सि ब्या' आँट्न जानुपर्छ है सबै।"
"गोताएँ पुनि बाँधियो अब!" दादाले खोलापारि हेर्दै भने। "केटाहरु फेरि जम्ने भन्छन् गोताएँ, अस्ति जिम्मालकाँ जमेजस्तो। अगि भर्खरी लौताले (lau ta lau)पनि तेस्तै कुरो गर्दै थ्यो। के विचार छ?"
"खै दादा, ब्या'को तयारीमा लाग्नु पर्छ होला......."
"यो गोताएँलाई अब रउसी सउसी खान दिनुहुन्न, दूध फालफूल ख्वाएर बल्ल्यो (बलियो) बनाम्नु पर्च। हा ..हा ...हा...।" नेपे काजीसँगै सब हाँस्यौँ।
"हो दाजी, बल्ल्यो हुन ब्या'न ब्या'न एउसरसाइज (exercise) पुनि गर्दैचु।"
" इन्ट्रेष्टिङ, आइ मीन भेरी इन्ट्रेष्टिङ।" आइतेचैँ अउरेजीमा हाँस्दै थ्यो।
***********************************************************