Posted by: shree5 December 1, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ये गज्जापले रमाईलो भई राको र'च केरे । मेरा त मदौरु भएर येस्तै सानो तिनो औरिसन (सर्जरी) अर्न परेको थ्यो के, बल्ल बिसेक हुन ला्छु । चईनी ट्वाक्क निको भासि आम्ला फेरि बात मार्न । तो दादाको खले गराँ दाई गरि सकेसि त्याँहा गोरु जुधाम्न पर्च । तो गह्रो त जाद्रै जो सम्म छ केरे, गोरु जुध्दा पनि टन्नै जग्गा पुग्छ त्याँहा । भउतेको टिल्के बहर पुनि भउतेको मिलको ढुटो खाएर होला नि पाथी जत्रो जुरो हालेर बसेको छ, उता बिर्खे जिम्मालको गुरे बाच्छो पोहोर परार साल देखिकै माल हो केरे । मेरो थाले (थाल-जस्ता सिङ्ग भाको) पुनि यो साल जोत्न सिकाम्दा र दाउँदा खेरि कमजोर भाको छ, तैपनि के थाहा, मेरो थाले बाछ्छो पो जिताहार हुन्च कि ? Keep rolling...
Read Full Discussion Thread for this article