Posted by: Bhaute November 29, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
ए ईश्वर बुरो, म हजुर कै प्रतिकृयाको प्रतिक्षामा थिएँ। हजुर प्रधान-सम्पादक भएको त्यो मुखपत्र अहिले साथमा छ ? त्यसमा पनि टाँसेको थियो नि त हगी।खै मैले त के के सम्झेँ सम्झेँ अलि अलि थप-थाप गर्नु पर्यो, नसम्झिएर। त्यो मैले स्कुलमा हुँदा लेखेको थिए, अनि पोखरा क्याम्पसमा आइ इ पढ्दा "सृजना" हो कि "सम्बाहक" लाई दिएको। त्यो हजुर सँग छ भने टाइप गरेर खुसुक्क ईमेल गरम न प्रभो। गौतम जी, वास्तबमा मेरो हजुरबुबाले छन्दमा कविता लेख्ने गरेको हुनाले र त्यो सुन्ने गरेकोले सानै देखि मलाई छन्द-बद्ध कवितामा शोख थियो, लेख्न नसके नि पढ्न भनम न अब। तर अहिले धेरै बिर्सिसकेछ। समय मिल्यो भने सम्झेको कुराहरु साझामा छलफल चलाउने बिचार गरेको छु। कोहि न कोहि यहाँ पनि होला नि एक्सपर्ट। :-) -भउते
Read Full Discussion Thread for this article