Posted by: Birkhe_Maila November 28, 2005
Prachanda Returns Home
Login in to Rate this Post:     0       ?        
दादा धेरै राम्रो कबिता छ त्यसलाइ सिलोक (श्लोक) को रुप दिए कस्तो होला? विवसमी तथा न्यू -युजरजी धेरै धेरै धन्यवाद्! धेरै पहिले देखि छन्द र त्यसका नियमहरू जान्ने उत्सुकता थियो। सबै 'लयबद्ध' कबिता छन्दको वर्गिकरण भित्र पर्छन? विषेशगरी देवकोटाका लयबद्ध कबिताहरु। मुनामदन को जस्तो - अनारदाना दाँतका लहर खुलाई हाँसन तिमिले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन अनि, एउटा अर्को छ देवकोटाकै 'बादल' भन्ने। अलि बुझ्न गारो हुने शब्दहरु भएर हो कि गुन्गुनाउन मलाइ रमाइलो लागेर हो, एउटा हरफ सधैँ सम्झन्छु - ओहि पङ्खे मोती पोल्टि सागर चेली चाँदी छाल वाष्पिल सिम्हमा वायुपङ्खी हिउँचुलीमा छहरी याल भूतल शितल पारी सियाली कलिली निलाई पर्वत ढाल बुरबुर डाली कुइरो चिनी, सल्ला सियामा मर्मर जाल यी कस्ता छन्दहरु हुन्?
Read Full Discussion Thread for this article