Posted by: Amazing November 20, 2005
Nepal le Jityo : =) Hurrrrayyy !!!!!!!!
Login in to Rate this Post:     0       ?        
Kantipur CONTD........... निर्धारित ५० ओभरमा ८४ रनको सामान्य विजयी लक्ष्यलाई पछ्याउन ओर्लेको नेपाली टिमका कप्तान कनिष्क चौगाई र यशवन्त सुवेदीको प्रारम्भिक जोडीले २३ रन जोडेको थियो । ११ रनमा रहेका सुवेदी इस्ज्राफिक अब अजिजको बलमा मिड अफमा कस्मान मोहम्मद कादेरीबाट समातिएपछि पहिलो विकेट गुमेको थियो । उनको स्थानमा आएका शरद भेषवाकरले कप्तान चौगाईसँग मिलेर १८ रन जोडेपछि चौगाई पनि अजिजकै सिकार भएका थिए । उनले ३४ बलको सामना गर्दै २० रन बनाए । ज्ञानेन्द्र मल्ल र भेषवाकरले योगफललाई ५२ रनमा पुर्?याएपछि मल्ल ६ रनको योगफलमा सुक्री अब्दुल रहिमको बलमा फरवर्ड सर्टलेगमा रहेका मोहम्मद सफिकबाट क्याच भएका थिए । त्यसपछि भने भेषवाकरले पारस खडकासँग मिलेर सावधानीपूर्वक खेल्दै टिमलाई विजय दिलाए । भेषवाकर ४६ बलमा १८ रन बनाएर अविजित रहे भने खडकाले २२ बलमा नट आउट रहँदै २१ रनको योगदान दिए । मलेसियाका तर्फबाट अजिजले दुई एवं अब्दुल रहिमले एक विकेट लिए । जितपछि पत्रकारहरूसँग कुरा गर्दै चौगाईले टिमले प्रदर्शनलाई विश्वकपमा पनि जारी राख्ने बताए । 'लगातार तेस्रोपटक उपाधि हात पार्नु कम खुसीको कुरा होइन,' उनले भने- 'मलेसियालाई कम रनमा आउट गरेपछि हामीलाई सजिलो भएको हो ।' कप्तान चौगाईले टस जितेर ओसिलो पिचमा क्ष्ाेत्ररक्षण रोजेका थिए । योगफल शून्यमै रहेका बेला बटाजुले प्रारम्भिक ब्याट्सम्यान सुहन कुमारलाई बोल्ड गर्दै कप्तानको निर्णय ठीक सावित गरेका थिए । सुहनको स्थानमा अब्दुल अजिजले फरिज अलमस लीसँग मिलेर योगफललाई २१ मा पुर्?याएपछि ली पनि १३ रनमा बटाजुकै एलबीडब्लूको धरापमा परे । त्यसपछि मलेसियाको विकेट नियमित रूपमा खस्न थाल्यो । अन्तिम विकेटका रूपमा सफिक मोहम्मद र मोहम्मद कादरीले १३ रन जोडेर केही आशा जगाए पनि राज श्रेष्ठको बलमा सफिक बोल्ड भएपछि मलेसियाको पूरा टिम २५ दशमलव ५ ओभरमा ८३ रनमै सीमित भएको थियो । बटाजुले ८ ओभर बलिङ गर्दै ३ ओभर मेडन राखेर २९ रनको बदला ५ विकेट लिए भने अमृत भट्टराईले १० ओभरको स्पेलमा ३ ओभर मेडन राख्दै ३६ रनका बदला दुई ब्याट्सम्यानलाई मैदान बाहिराए । स्पिनर राज श्रेष्ठले २ दशमलव ५ ओभरमा ३ रन खर्चेर दुई ब्याट्सम्यानलाई पेवेलियनतर्फ घुमाएका थिए । बटाजुले टस जित्नु नै खेलको महत्त्वपूर्ण पक्ष भएको बताए । 'टस जितेपछि योजनाअनुरूप हिँड्न पायौं,' खुसी व्यक्त गर्दै उनले भने- 'एसिया कपमा ५ विकेट लिएर म्यान अफ दी म्याच हुनु ठूलो उपलब्धि हो ।' अबको आफ्नो लक्ष्य राष्ट्रिय टिममा आउनु रहेको उनले बताए ।
Read Full Discussion Thread for this article