Posted by: Amazing November 20, 2005
Nepal le Jityo : =) Hurrrrayyy !!!!!!!!
Login in to Rate this Post:     0       ?        
कान्तिपुर (Front page) नेपाललाई तेस्रोपटक एसिया कप युवा विश्वकपमा लगातार छनोट राजेन्द्र ज्ञवाली काठमाडौं, मंसिर ४ - म्यान अफ दी म्याच बन्टु बटाजुको पाँच विकेट मद्दतले नेपालले शनिबार मलेसियालाई सात विकेटले हराउँदै लगातार तेस्रोपटक यू १९ एसिया कप उपाधि हात पारेको छ । यो जितले नेपाल आगामी वर्ष श्रीलंकामा हुने युवा विश्वकपका लागि छनोटसमेत भएको छ । यसअघि सन् २००१ मा नेपालमै र २००३ मा पाकिस्तानमा भएको एसिया कपमा पनि मलेसियालाई नै पराजित गर्दै उपाधि हात पारेको थियो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर मलेसियालाई ८३ रनमा खुम्च्याएको नेपालले विजय लक्ष्यलाई तीन विकेटको नोक्सानमा २५ दशमलव ३ ओभरमा प्राप्त गरेको थियो । पारस खडकाले इनिङको २६औं ओभरको तेस्रो बललाई लङअनमा विजयी सट छक्का हानेपछि २० हजारको हाराहारीमा उपस्थित दर्शकले खुसियाली मनाएका थिए ।
Read Full Discussion Thread for this article