Posted by: shirish November 19, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ ! बांकि अरु करोडका करङ्गलाई सारङ्गी बनाईदै छ ! मरेको बाघको छाला ओढ्नेको गन्ध छायो तर ब्वांसोको or पाखा लगाई गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ ! मन मष्तिष्क पो जित्नु पर्छ, राज्य सत्ता सोरेर मात्र के हुन्छ ? बन्दूक, बुटको भरमा, शासनको स्वरुप जङ्गी बनाईदै छ ! कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ? तर दुर्भाग्य ! गरिबीलाई जबरजस्ति सङ्गी बनाईदै छ !
Read Full Discussion Thread for this article