Posted by: Bostonian Nepali November 18, 2005
Login in to Rate this Post:
0
?
ठिटाहुर हो चाईन्जो केरे आबो मैले जिम्मालका बा तोप बाजे उ बेलामा अड्डाका डिट्ठा थिए भनेर सबैलाई भँनेथे । म आज तिमेरलाई जिम्मालले जिम्माल्नी कसोरी भेटे भन्ने कथा सुनाउचु।
कुरोचै राजा महेन्द्रले हाम्रा नेतालाई झ्यालखाना हाल्नु भन्दा १२ बर्ख अगाडीको हो।
आबो गम्बाट जिम्माल तोप बाजेलाई अड्डामा भेट्न जाँदा हाणी खोलाको ५ घण्टाको उकालो चढ्नु पर्थियो। उकालो सकिएपछि जिम्माल्निका बा मसिने माईलाको चिया दोकान सबैको थकाई मेटाउने थलो थ्यो क्या। मसिने माईलाकी कान्छी छोरी जिम्माल्नी खास नाँउचै चनमती हो। चनमती जमानामा धेरै रूपमति धप् धप् राम्री थिन्। सबै बटुवाले आँखा गाड्थे। चाईन्जो केरे एक ताका जबो जिम्माल्का जुँगाका रेखी बस्न थालेको थिए, मसिने माईलाको चिया दोकानमा जिम्माल्को चनमतीसँग आँखा जुध्यो। कुखुरे बैसमा जिम्माल्पनि खाईलाग्दा थिए। जिम्माल्ले एकोरो ट्वाल्ल आफुलाई हेरेको देखेर चनमती लाजले मुजेत्रोले मुख छोपेर बारीतिर भागिन्। यो कुरोको मसिने माईलालाई अत्तो पत्तो थेन। यसरीनै जिम्माल्र चमनतीको पिरेम भयो।
आबो जिम्माल् सानैदेखि कोई सित डराउदैनथे। तोप बाजेलाई जिम्माल्ले चनमतीसँग बे गनें कूरो राखे। गाँठे भुत्रो मान्थे तोप बाजे। बाउ छोराको घमासान माँभारत भयो। आखिरमा जिम्माल्कै जित भो। यसोरीनै हउ गाम्ले हो जिम्माल् र जिम्माल्नीको बे भाको।