Posted by: Gautam B. November 18, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
यी जिम्माल बूढा त कति पात्तेका गाँठे! सत्तरी टेक्ने बेलाँ पनि केटी देखेपछि -याल काट्छन। अब हर्केका "फ्यान" त बूढाका नातीनीहरु भन्दा पनि साना छन् तैपनि यी पात्तेका बूढाचैँ जिस्काम्छन्। नेपानेकाँ दवाइ गरेर बूढा घर गए। तर बूढी पनि छैन, बूढालाई सुन्ने लागेच। बूढा त फर्केर फेरि चौतारामै। चौतारां छोटो छोटो पयँठ (Pant) ला'की भर्खरकी तरुनी देखेछन् केरे बूढाले। अनि त केटीको सेता पिडौँलामा छुम्लाझैँ गरेर चोर अम्लाले देखार "ए नानी यो तिम्ले ला'को पयँठको भाइ हो कि कट्टुको दाइ नि?" भनेर सोधेछन्। केटी तर्सेर बुरुक्क उफ्रेकी थी, धन्न चौतारा'ट तल गुल्टिन। केटीले रिङरेजीमा के गाली गरी कुन्नि बूढाले मरिगए बुझेनन्। अझ "के बिरालीका जीं (झैँ) म्याऊँ---म्याऊँ गरीचौ! बस न आऊ नजिकै, बात मारम्!" भनेछन् । केटीले ढाडे बिरालका जस्ता आँखा तरेको देख्दा बूढा अलि अलि त डरा'छन्, जिम्माल्नीले दिनदिनै गाली गरेर सातो लगेकी जो छन्। त्यत्तिकैमा " ओ हर्के-----" भनेर बिराली नानी गाऊँतिर दौडिन्। बूढाले यस्सो तन्केर हेरेका तलबाट हर्के आऊँदै रच। हर्के त गज्जब भ'च गाँठे! पयँठ पनि बोरा जस्तो ह्वार्लाङ ह्वार्लाङ, फेरि तेसमा पनि चार पाँच ठाऊँमा प्वाल परेको। कपाल पनि बज्जेले रातै पारेछ। तेसै शहरका केटीले पछ्याका होइन रचन् बजियालाई। केई गर्छ के रे यो हर्केले!
Read Full Discussion Thread for this article