Posted by: Gautam B. November 16, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
धन्यवाद गुरुहरु, हौसला र प्रतिकृयाहरुका लगि। ----------------------------------------------- नेपेजी, तपाईँका सुझावहरुका लागि आभार ब्यक्त गर्दछु। - पहिलो गजलको मतलामा "घस्छौ धेरै" को ठाऊँमा तपाईँको सुझाव अनुसारको "बोकी आयौ" नै राम्रो हुन्छ। - त्यसैको अन्तिम शेरमा "गाड्नु" र "ठड्याउनु"मा के राख्ने बन्ने द्विविधा थियो। प्रवाह राम्रो आऊँछ कि भनी "गाड्नु" राखेको तर "ठड्याउनु"नै सही देखिन्छ जस्तो छ। - दोश्रो गजलको दोश्रो शेरमा "दण्ड, दान, भेद, साम" को अनुक्रम काफिया मिलाउने अभिप्रायले मात्र राखिएको हो - "सर्प" र "प्रेत"को combination मलाई पनि मन परेको छैन। सच्याउने छु। - अब यो दोश्रो गजलको अन्तिम शेरको कुरो, मलाई के लाग्छ भने हामी अत्यन्त संगीन घडीमा छौँ यतिखेर। भलै यो अन्तिम अवसर नहोला तर यो अवसर गुम्यो भने हामी धेरै लामो समयसम्म कुर्न बाध्य हुनेछौँ। त्यसैले अलिक बढीनै आग्रह (तपाईँले भनेझैँ forced persuasion) गरेको हुँ। आलोचना र सुझाव पाम्दै जाम्।
Read Full Discussion Thread for this article