Posted by: sajhabusaima November 15, 2005
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
रातो अक्षता क्षेत्रप्रताप अधिकारी यसपालि पनि मान्छेको रगतमा मुछेर लगाउने हो कि क्या हो दशैंको रातो अक्षता - कस्तो नन्सेन्स प्रश्न ! देशमा जुठो परेको बेला टीको लाउने-लगाउनेहरू काजकिरिया बसेको बेला रातो अक्षता सजाउने भाग्यमानी निधार खोइ - देशमा कृष्णभीरहरू भत्केको बेला जमरा जमाउने माटो नै कहाँ छ र ! रात दिन मान्छे काटिएको बेला जमरा स्युरने शिर नै कहाँ छ र ! बाबुआमा मारिएर टुहुराहरू कोरा पसेको बेला भक्कानो फुटेर घरभरि आँसु ओइरिएको बेला दशैं बस्ने बास खोइ - यसपालि पनि दशैंसित भेडा च्याङ्ग्रा आउँछन् कि क्याहो बलि चढाउन - कस्तो स्टुपिड प्रश्न ! हामी आफैलाई पर्सर्ेेनरबलि चढाइरहेको बेला हामी आफैंलाई पस्केर प्रसाद ग्रहण गरिरहेको बेला भेडा च्याङ्ग्राको कुरो कोट्याएर मान्छेहरू हाम्रो मानहानी गरिरहेछन् खुच्चिङ !
Read Full Discussion Thread for this article