Posted by: Nepe November 14, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
गौतमजी, दामी गजलहरु ! पहिलो गजलमा बाँकी तिक्खर शेरहरुको तुलनामा मतला अलिक मदौरु भए जस्तो लाग्यो, खास गरेर "तेल घसिएको" कसलाई हो स्पष्ट लक्षित नभएकोले । यसो गर्दा कसो होला "चिनेको छु तिमीलाई, बोकी आयौ तेल किन? देखेको छु! अँध्यारोमा तिम्रो उस्को मेल किन? अन्तिम शेरमा "शालीक गाड्न" को सट्टा "शालीक ठड्याउन" राख्दा राम्रो होला कि ? आकाशमुनि ज्यूँदालाई आफू अट्ने थात खै? ठड्याउन मूर्दा शालीक सिंगै टुँडिखेल किन? दोश्रो गजलको दोश्रो शेरमा "दण्ड, दान, भेद, साम" को अनुक्रम काफिया मिलाउने अभिप्रायले मात्र राखिएको हो कि त्यो भन्दा बेसी नै अर्थ छ त्यसमा ? तेश्रो शेरमा "शितनिन्द्राबाट ब्युँझेका सर्प" संग "प्रेत" उपमा अलिक जचेन । चौथो शेर एउटा अति उत्कृष्ट शेरको उदाहरण हो । प्वाँख पलाए जस्तो छ कमिलाको पुतली हुँ भन्दै छलछाम आयो ! अन्तिम शेर सन्देशसमृद्ध भए पनि नारावादी छ । नारावादी कविता राजनैतिक सभाको लागि अति सुहाउँदो हुँदा रहेछन् (मेरो अनुभव) । तर व्यक्तिगत पठन-पाठनको लागि भने चिन्तनप्रधान रचना उत्तम हो । तर मैले शेरको पहिलो पंक्ति नभएर दोश्रो पंक्तिको कारण यसलाई नारावादी भनेको हो है, त्यो पनि "अन्तिम अवसर" मा निहित forced persuasion को कारणले । बरु "यस्तो खालको पहिलो अवसर" भनेको भए म convinced हुन्थें, किनभने यो अवसर अन्तिम अवसर भने होईन । अन्तिमै भए पनि अन्तिम होईन । भनिन्छ नि, When everything is finished, future still remains. (अब अन्त्यमा एउटा technical note. उर्दु गजलमा शेर गणना गर्ने परम्परागत नियम । गजलमा पहिलो शेरलाई "मतला" को रुपमा अलग्ग गनेर दोश्रो शेरलाई मात्र "पहिलो शेर" भन्ने चलन छ । त्यसैगरि, अन्तिम शेरलाई "मकता" को रुपमा अलग्ग गनेर penultimate शेरलाई "अन्तिम शेर" भन्ने चलन छ । यो ज्ञान सबैलाई नभएसम्म भने "मतला" लाई पहिलो शेर र "मकता" लाई अन्तिम शेर नै भन्दा कम confusion होला, हामी नेपाली गजलकारहरु बीच भने ।) __
Read Full Discussion Thread for this article