Posted by: Deep November 12, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
जदौ!
दुनियाँ भन्या बिर्सिनीहरुको भिड रे छ। ठिकै पनि हो, सम्झिन बल गर्नु पर्नेलाई बिर्सिनु नै बेस।
एक हात के गरें मैले भने जमल बाट बिशालनगर जाने ट्याम्पु चढेँ। एक गाँठ थिएन आफु सँग, हिनेर
त्यो माघको चिसो अध्यारोमा घर पुग्ने कैले कैले। ट्याम्पुमा नाग पोखरी पुगेसि.डाईभरको टाउको छ्यास्स
कन्यादिएँ...ए दाई..ए दाई! भन्दै। रोक्यो ट्याम्पु। ट्याम्पुबाट हवात्तै सोधें ए दाई काँ जान ला?
डाईभर एकै छिन छक्क पर्यो..बिशालनगर जाने ट्याम्पुमा चड्या मान्छे बिशालनगर तिरै लागिरा बेलाँ
टाउको कन्याउदै अझ काँ जाना ला भन्छ बा भनेर होला।
अलि झर्केर भन्यो "बिशालनगर"।
मैले झन छक्क पर्या झैं गरेर सोधें "ल! यो बालाजु जाने ट्याम्पु हैन?"
सक्कली र नक्कली छक्क परा पर भो।
म ओर्लेर बाटो लागें। डाईभर भाडा भाडा भन्न लायो।
अर्कालाई आधाराताँ अन्तै तिर ल्याएर अझ भाडा रे? मैले नी दोष लाएँ। जाँ बाट ल्याको हो त्यै पुर्याइदिनु
पर्नेमा अझ...।
डाईभर रन्थनिदै थ्यो अरु यात्रुले हे जाउँ जाउँ के गलफति गरी रा ...कताको भाडा बिचरा अलमलिएर
आएछ...एउटाले भन्यो।
डाईभरले रिस ट्याम्पुमा खन्याएर हुइकियो। म नी घर तिर सुईकिएँ आधा भे नी काटीयो बाटो सित्तैमा
भन्दै।
डाईभरले त बिर्सियो होला मैले चैं सम्झेकै छु।