Posted by: Gautam B. November 10, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
मनमा उठेका तरंगहरु यी, टाँस्न हतार भो, सोझै राख्दैछु। मिलाउने काम चल्दै जान्छ। गोतामेको गजल-६ "चिनेको छु तिमीलाई, घस्छौ धेरै तेल किन? देखेको छु! अँध्यारोमा तिम्रो उस्को मेल किन? आफ्नै छोरा फटाहा निक्ले! चिन्नै गाह्रो, शत्रु को? नत्र झुल्के घाम त्यो, हुन्थ्यो कागको बेल किन?! पत्कर कति थुप्रिएको हिमाल छेकी छेकी? शताब्दीले कुरेको छ, खै आएन भेल किन? ढुँगा कुँद्ने को हो? दरबारमा ईँट्टा थप्ने को? मूलद्वारमा सधैँ तिम्रो नाम लेख्ने झेल किन? तरवार साँध्ने को हो? को दौड्यो टिष्टा कुमाउँ? जनताको देश यो! तिम्रो बिर्ताको खेल किन? आकाशमुनि ज्यूँदालाई आफू अट्ने थात खै? गाड्न मूर्दा शालीक ती सिंगै टुँडिखेल किन?
Read Full Discussion Thread for this article