Posted by: nepalean November 10, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
सारै राम्रो लाग्यो यो गजल: --------------------------------------------------------------------------------------------- क्षेत्रप्रताप अधिकारी जन्म ः १९९९ चैत/तनहुँ मिर्लुङ गाविस । शिक्षा ः स्नातकोत्तर । प्रकाशित कृति ः सात । सम्मान-पुरस्कार ः साझा पुरस्कार, छिन्नलता गीत पुरस्कार । सिर्जनाका प्रमुख विधा ः गीत/कविता । देश जसले टोके पनि खोट उस्तै उस्तै गोली जसले ठोके पनि चोट उस्तै उस्तै । निमुखाहरू कराएर के हुन्छ र ! घूस जसले खाए पनि नोट उस्तै उस्तै । गारो सारो पर्ने त सर्वसाधारणलाई हो धराप जसले थापे पनि विस्फोट उस्तै उस्तै । जुनै जोगी आए पनि कानै चिरेजस्ता बगलीमा छुरा राख्ने कोट उस्तै उस्तै । नेपाल हारिरहेछ नेपाली मरिरहेछन् खेलाडी र झेलाडीका पोट उस्तै उस्तै । सिंहदरबारमा कैले काला गए कैले गोरा तर त्यहाँ गएपछि बोट उस्तै उस्तै । को खेलाइरहेछ देश हार्ने खेलहरू जो सत्तामा आए पनि रिमोट उस्तै उस्तै ।
Read Full Discussion Thread for this article