Posted by: Gautam B. November 10, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
ठिक भन्नुभयो शिरिषजी, लेख्ने सुधार्ने काम त चलिरहन्छ। अब हेर्नुस् न, हिजो फाइनल गरेँ भनेको टाउकै राख्न बिर्सेछु। फेरि चल्दैछु; गोतामेको गजल-५ "बुध्द-आभा तिम्रो सम्झिन्छ यो मन, मीराको नृत्य-गीत पर्खिन्छ यो मन! म कति नाचूँला तिमी आएपछि?! तयारीमै यति फुर्किन्छ यो मन! देख्न सकुँला तिमीलाई दुखेको? स्वप्नमै रुँदा त दर्किन्छ यो मन! गर्वीलो मुहार हेर! जननी तिम्री! तिमी, उनी संगै हुर्किन्छ यो मन! तिमी खेल्ने आँगन स्वर्णिम हुन्छ अरु बाटो अब तर्किन्छ यो मन! उहि हुन सक्दैन अब 'गोतामे' अनन्त वसन्त फर्किन्छ यो मन!"
Read Full Discussion Thread for this article