Posted by: Birkhe_Maila November 7, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
एउटा गित...मन को खुल्दुलि...छन्द मिलेको छैन...तर..मन नै त हो, भर्खर बल्झीयो... सपना एउटा देखेको थिये, झस्केर उठेछु छुटेर पनि तिमीलाई मैले, माया पो गरेछु सोचेको थिए बिछोड पछी, पिर्दैन मायाले टाढिए पनि म तिमी सम्झी, भुल्दै पो रहेछु हिजो त हो नि त्यो बाध्यताले, छुट्?टिनुपरेको नसोच प्रीय निष्ठूरी भनी, म अझै बाध्य छु सम्झिनछु अझै ती आखा ति तिम्रा रसिला उदास सकिन प्रिया स्विकार्न तिमीलाई, म साचै दोषी छु मान्छे को मन बदलिन्छ भन्थे, समय सापेक्ष खै कुन्नी मेरो मन मा त किन, अझै नै तिमी छौ सोचेको थिए बिछोड पछी, पिर्दैन मायाले टाढिए पनि म तिमी सम्झी, भुल्दै पो रहेछु
Read Full Discussion Thread for this article