Posted by: Ok November 3, 2005
I want to get married
Login in to Rate this Post:     0       ?        
सबैलाई कार्तिक लागेछ। जय होस् ! कोईरालाजी, जापानमा केटी नै रैनछन् कि क्या हो? यो साझा पनि कस्तो केटी माग्ने ठाँउ भयो है। साझामा तपाईँले केटी पाउनु हुन्न, १००%। साझाका केटी तपाईँहामीलाई पत्याउने खालका हुन्नन् के, कस्तो कुरा नबुझ्नु भाको? मेरो सल्लाह: नेपाल जानुस्। बाबाममीलाई सिधै भन्न अप्ठ्यारो लागे यसरी भन्नुस् "बाबाममी बिहे गर्दा कति बर्षको हुनु हुन्थ्यो?" तपाईँको पहिलो प्रश्न। "..." बाबाममीको जबाफ। "म अहिले कति बर्खको भएँ, तपाईहरुलाई सम्झना छ?" तपाईँको दोस्रो सोधाई। "..." बाबाको जबाफ। " ल त्यसो हो भने, म यसैपाळी बिहे गर्ने" । बुबाममीले नाई भन्नु हुन्न। अब घरमा कुरा मिलो। अनि बुबालाई लिएर केटी खोज्न हिड्नुस्। तपाई शहरबजारको हो भने, गाँउ पस्नुस्। गाउँ ठाँउको हो भने गाउँमै बस्नुस्, शहरतिर नजानुस् नि फेरी मेरो जस्तो, पछि दु:ख पाउनु हुन्छ। केटी माग्दा म जापानमा पढेको, अझै ४/५ बर्ख जापानमै बस्छु (अहिलेलाई अलिक बढाएर भन्नुस् १/२ बर्ष) भन्नुस्, केटी त लाईन लाग्छन्। एउटीलाई झ्याईँकुटी पार्नुस्, कार्तिकमै चाहीँ हैन नि फेरी, कससेकम् मंसिर सम्म त पर्खनुस्, यत्रो २९ बर्ख पर्खिनु भो, मुला १५ दिन पर्खनुस् है! मैले देको सल्लाह काम लाग्यो भने, बिहे गरीसकेपछि मलाई यहि साझाबाट बिजुली चिठ्ठी पठाउनुस् है। तपाईँको भलो चिताउने, --- ओके
Read Full Discussion Thread for this article