Posted by: Nepe November 2, 2005
Krishna Pahadi in New York
Login in to Rate this Post:     0       ?        
रामचन्द्र पौडेल मच्चेकै ताका झलनाथ खनाल पनि एमालेको नेतृत्वले २०४६ साल यताको आत्मसमिक्षा गरी गल्तीहरुका जिम्मेवार नेताहरु माथि कार्यवाही गरिनुपर्छ भनेर मच्चिरहेका थिए । समय बित्दै गयो, झलनाथ मच्चे मच्चे थच्चे । एमाले नेतृत्व जस्ताको तस्तै छ । एमालेले आफुलाई अहिलेको राष्ट्रिय राजनीतिमा low profile वा काँग्रेसको पछाडि राखेको छ, त्यसैले एमालेको राष्ट्रिय महत्व द्वितियक (secondary) हुन पुगेको छ । तर आम नागरिकहरुले गिरिजा कोईरालाको कमाण्डरशिपमा भएको सात पार्टीहरुको सारमा 'कुर्सी दे' आन्दोलनलाई जुन कण्डो (ढाड) देखाईदिएका छन्, र बरु अलग्गै स्पष्ट उद्देश्य (लोकतान्त्रिक गणतन्त्र) र दृढता भएको "नागरिक आन्दोलन" को उठान गरेका छन् , त्यसको चापबाट एमाले अछुतो रहन सक्दैन । एमालेले पनि आफ्नो नैतिक शुद्दिकरण र वैचारिक-सांगठनिक लोकतान्त्रिकरण नगरी धर छैन । *** *** *** *** "नागरिक आन्दोलन" ले अहिलेसम्म औपचारिक रुपमा आफुलाई सात पार्टीहरुको अस्पष्ट आन्दोलनको पुरकको रुपमा प्रस्तुत गरेको छ । स्पष्टै छ, यो पुरक रुप पार्टीहरु ठीक ठाममा आईपुगिहाल्छन् कि भन्ने आशामा आधारित छ । पार्टीहरु ठीक ठाममा आउन (जनघृणित नेतृत्व हटाउने र लोकतान्तिक गणतन्त्रप्रति दृढ हुने) निकै ट्याम लाग्ला जस्तो देखिएको यस घडीमा "नागरिक आन्दोलन" ले लोकतान्त्रिक आन्दोलनको हाललाई तदर्थ राजनैतिक नेतृत्व औपचारिक रुपमा नै लिने साहस गर्नुपर्छ भन्ने मेरो सोचाई छ । अर्को शब्दमा, पुरक रुपबाट वैकल्पिक रुपमा जानुपर्छ भन्ने मेरो आग्रह हो । त्यति मात्र होईन, यदि प्रमुख पार्टीहरु जनघृणित नेतृत्वकै हातमा रहिरहने र कहिले मुक्त नहुने छाँट देखाए भने, सबै पार्टीका क्रान्तिकारी तप्काहरु "चोरेर" एउटा नयाँ "गणतन्त्रवादी पार्टी"को निर्माणको लागि precursor को रुपमा आउनुपर्छ यो नागरिक आन्दोलन भन्ने मेरो सोचाई/सपना छ । यसो भएको खण्डमा भने म पनि मेरो वर्तमान पेशा छाडेर राजनीतिमा फाल हाल्छु भन्ने सुर छ । होईन भने साझामै सिमित हुन्छ होला मेरो राजनीति । _________
Read Full Discussion Thread for this article