Posted by: Nepe November 2, 2005
Krishna Pahadi in New York
Login in to Rate this Post:     0       ?        
दादा, झलनाथ र रामशरण दुवैसंग, र विशेष रुपमा रामशरणसंग निराश भएको मान्छे हुँ म । रामशरणजी त मेरो नजरबाट धेरै गिरेका मान्छे हुन् । नेपाली काँग्रेसको महाधिवेशन अलि अगाडि सम्म यिनी र रामचन्द्र पौडेल आमूल परिवर्तनवादी नरहरि आचार्यहरुसंग वैचारिक निकटता जनाउथे । जब परीक्षाको घडी आयो, परिवर्तनवादी धारलाई लात हानेर पुन: उहि पुरानो थाङ्नो श्री ३ महाराज गिरिजा कोईरालाको वफादार भारदार बन्न स्वीकार गर्ने जोकर पात्र हुन् रामचन्द्र पौडेल र रामशरण महत । यी बिकाउ, अवसरवादी, आत्मसम्मानविहिन निरिह जीवहरुसंग के व्यक्तिगत कुरा गराई भो र । प्रजातन्त्रको क्रान्ति भन्दा पहिले पार्टीभित्र "आन्तरिक क्रान्ति" हुन आवश्यक छ भन्ने लेख लेखेर वाह वाह लुट्ने रामचन्द्र पौडेल त्यो लेखको मसी सुक्न नपाउँदै "आन्तरिक क्रान्ति" को पिठ्यँमा छुरी धसेर "आन्तरिक क्रान्ति" का खलनायक र नेपाली प्रजातन्त्रको दुर्भाग्य (sorrow of Nepal's democracy) श्री गिरिजा कोईरालाको पाउमा जसरी लम्पसार परेका छन्, त्यो देखेर मलाई बान्ता आउँछ । अस्ति BBC मा रामचन्द्रको Interview सुन्न लायकको थियो- बिचरा भन्ने कुरा केहि भेटेनन्, दुईचार फाल्तु र अर्थविहिन कुरा बाहेक । कहाँ अधिवेशन अगाडि तीन तीन क्रान्तिकारी सुधारवादी लेख लेखेर nepaldemocracy@googlegroups का साथिहरुबाट पाएको तारिफले बनेको भीमकाय छवि, कहाँ गिरिजाबाबुको सामु पुच्छर हल्लाईरहेका एक निरिह पात्र । दैव, यो साला राजनीति नै यस्तो हो कि, नेपालीहरुको पुर्पुरो यस्तो ? रामशरण महतले कोईराला शासनको defense गर्ने एउटा गजबको साधन र तरिका फेला पारेका छन् । अर्थशास्त्री न परे, उनीसंग कोईराला शासनकालमा भएका आर्थिक प्रगतिका चार्टहरु छन् । यी तथ्यांकहरु साचा हुन् । तर के चाहि साचा होईनन् भने यी प्रगतिहरु श्री ३ महाराजका कुनै सुधार कदम वा निर्णयहरुका प्रतिफल हुन् । मूलत: यो आर्थिक प्रगति प्रजातन्त्रको खुला वातावरणले प्रोत्साहित गरेको व्यावसयिकताको प्रतिफल हो, र वास्तवमा श्री ३ हरुको आर्थिक-राजनैतिक भ्रष्टाचार, दुर्व्यबस्थापन र दृष्टिविहिनताको बाबजुद भएका प्रगति हो । श्री ३ हरुको आर्थिक-राजनैतिक भ्रष्टाचार, दुर्व्यबस्थापन र दृष्टिविहिनताको बारेमा मौन बसेर त्यसकालमा भएका आर्थिक प्रगतिहरु मात्रै सुनाउँदा कसको defense हुन्छ ? प्रजातन्त्रको मात्रै कि श्री ३ हरु समेतको ? अब खुल्लमखुल्ला श्री ३ को भारदार भएका रामशरण डाक्टरसापसंग के बहस ? झलनाथ खनालको काँधमा संक्रमणकालिन सरकारमा हुँदाका केहि अनुत्तरित प्रश्नहरु छन् । तैपनि उनले व्यक्तिगत लाभ भन्दा पार्टीको निम्ती गरेका हुन् कि भन्ने शंकाको सुविधा दिने ठाउँ छ, दिनु प-यो भने । कुरा जे होस्, सम्भवत: झलनाथ खनालले अरुले भन्दा बढी सहज रुपमा redemption गर्न सक्छन्, गर्न बाटो खोजे भने । यो त भयो व्यक्तिगत नैतिक पक्ष । झलनाथ खनालसंग मेरो ठूलो निराशा झण्डै रामचन्द्र पौडेलसंगको जस्तो छ ।
Read Full Discussion Thread for this article