Posted by: shirish November 2, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
धितोमा ईमान त राख्न सकेनौ ! जमीनी अभाबको कुरा नगर ! मेरो म्वाईको लगाब कांडा तिर , कोमल गुलाबको कुरा नगर ! चीर हरेर रम्ने निर्लज्ज सित लाज छोप्न, नकाबको कुरा नगर ! कुन हदसम्म म गिरें देखेनौ ? जमाना खराबको कुरा नगर ! झर्दै गरेको पात आफै हल्लन्छन् बतासे प्रभाबको कुरा नगर ! शिशा भै टुक्या?छु सङ्गमर्मरमा हठी रे? स्वभाबको कुरा नगर ! उत्कर्ष अघि सम्झौता हुन्छ भने फेरि ईन्कलाबको कुरा नगर !
Read Full Discussion Thread for this article