Posted by: Gautam B. November 1, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
धन्यवाद शिरिष र नेपे गुरुलाई। गुरुवरहरु, गल्ती पनि औँल्याईपाऊँ न! म बढी फुर्कन सक्छु, खराब छ मेरो यो बानी। गुरुहरुले भनिहाल्नु भो, त्यसैले final गर्दैछु, थोरै केहि मिलाएर। "आँशुको तालमा अझ सर्प पसी डस्दैछन् थोरै अँध्यारो के आयो, ढुकी ब्वाँसा बस्दैछन्, मान्छे हो सावधान रगतको त्यो इन्द्रेणी! झूटो नाच्दै कागजी मुजूर बस्ती पस्दैछन्, वासी युग गन्हाऊँछ पिशाची अट्टहास तैपनि बजारको नया अत्तर घस्दैछन्, जग भास्सिइसक्यो मालिकको शालीक दासहरु अझै गजूरको पेच कस्दैछन्! बोकिएछ बित्थामा अरुकै पापको भारी आँखाका काला पर्दा आज च्यातिँदै खस्दैछन् । " (केहि समय मकता नराखी अभ्यास गर्ने विचार छ।)
Read Full Discussion Thread for this article