Posted by: shirish November 1, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
आस्थाको अभाबमा , एउटै मूर्ती पनि, प्रस्तर पनि ! हो ! आफ्नो मत आफैलाई, सदर पनि, बदर पनि ! प्रकृति-संगत हो नाङ्गोपना, के को लाज नि ? स्वेच्छाको सम-भोगाइमा श्रृष्टि पनि, कदर पनि ! फाटेको सिरक भित्र संस्कारैले थिचिनु बाहेक, मेरो प्रिय माग्दैछ, अधिकार पनि, अबसर पनि ! ढुङ्गे मन फूलेको उराठ बगरले छहरासित फूल बगाई ल्याउन, गर्यो अनुरोध पनि, कर पनि ! ग्रहणको अध्यारो पश्चात गोधूली भेटिन पर्ने हो, तर आए उज्यालो हरा'को सूचना पनि, खबर पनि ! मेरो बिरुद्दका फैसला सुनेर रमाउछौ नै भने आफै रच्नु तिमीलाई मिल्दो मुद्दा पनि, ठहर पनि ! (भउतेको सम्मानमा यो) आफन्तले राज्यै देख्ला मेरो, शत्रुले निरिह प्रजा मेरो संसारको मै अकबर पनि, नोकर पनि ! साला शिरिषको अर्थै नदेखिने कस्तो बन्यो माला ? गजलमा नमिलेको जस्तो, काफीया पनि, बेहर पनि ! भउते, आर्को एउटा करेक्सन, बेहर हो बहर होईन !
Read Full Discussion Thread for this article