Posted by: Gautam B. November 1, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
मलाई मन परेकोचैँ तलको शेर है, सच्याउनु अघि पनि पछि पनि। "ढुङ्गे मन फूलेको उराठ बगरले छहरासित फूल बगाई ल्याउन, गर्यो अनुरोध पनि, कर पनि ! " एउटा अर्को लेख्ने कोशिश गरेको छु मैले पनि, सुझाव पाउने आशा छ गुरुहरुबाट। गोतामेको गजल-३ (भउते प्रभोको इस्टाइल चोरेको रे क्या! कपी राइट तिर्नुपर्छ र प्रभो?) "आँशुको तालमा अझ सर्प पसी डसेका छन् थोरै अँध्यारो के आयो,ढुकी ब्वाँसा बसेका छन्, मान्छे हो सावधान रगतको इन्द्रेणीसंग! झूटो नाच्दै कागजी मुजूर वस्ती पसेका छन्, वासी युग गन्हाऊँछ पिशाची अट्टहासमा तैपनि बजारको नया अत्तर घसेका छन्, जग भास्सिइसक्यो मालिकको शालीकको यी दासहरुले गजूरको पेच कसेका छन्! बोक्नु बोकियो बित्थामा अरुकै पापको भारी आँखाका काला पर्दा सब च्यातिँदै खसेका छन् । " काफिया र रदीफ एउटै शब्दमा भयो भने मिल्छ कि मिल्दैन? मिल्छ भने यो गजललाई यसरी लेख्न मन लागेको थियो। "आँशुको तालमा अझ सर्प पसी डस्दैछन् थोरै अँध्यारो के आयो, ढुकी ब्वाँसा बस्दैछन्, मान्छे हो सावधान रगतको त्यो इन्द्रेणी! झूटो नाच्दै कागजी मुजूर बस्ती पस्दैछन्, वासी युग गन्हाऊँछ पिशाची अट्टहास तैपनि बजारको नया अत्तर घस्दैछन्, जग भास्सिइसक्यो मालिकको शालीक किन दासहरु गजूरको पेच कस्दैछन्?! बोकिएछ बित्थामा अरुकै पापको भारी आँखाका काला पर्दा आज च्यातिँदै खस्दैछन् । " कुन ठिक होला? सल्लाह र सुझावको आशा छ। (अत्तर घस्नु नमिल्न सक्छ। छर्किनु लेखौँ कि जस्तो पनि लागेको थियो तर घस्नुले यो प्रसंगमा बढी बल दिने जस्तो लागेकोले घस्नुनै प्रयोग गरेँ।)
Read Full Discussion Thread for this article