Posted by: shree5 October 31, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए सईँहुर हो, आज जमुनिले "चईनी तिहाराँ निदार खाली राख्न हुन, म भउते दाजीलाई टिका लाईदिन्चु, माईत जान्चु " भनि केरे । त्याँसी घुमाका रोटा पकाम्दा हाल्न (बेकिङ्ग सोडाजस्तो, सेल रोटी टन्न फुक्छ, पीठो पनि ल्या-र पर्छ) लाई भनेर नम्मेका बारीको दारीगिठाको बोक्रा पनि काटेर एउटा पानिकागतको (प्लास्टिकको) झोलामा पोको पारिदिएर त्याँसी पु-याम्न गएँ । भउते त कुकुर पुजा अर्नी भनेर कता हो कुकुर खोज्न गा'का थे अरे । कसले त हो, एउटा चईनी ढाका टोपी र चस्मा लाएकी लाहुरे हिरोनी काली कुकुर्नी छ अरे कता हो, तेसैलाई पूजा अर्न पर्च पुनि भन्दै थे अरे । म भनि अब आफूले टिका लाम्नी हईन, तेसो भासि क्यार्न डुवाक्न परो भउतेको घर भनेर म चईनी फर्के केरे । बईनीको एसो हेरबार अर्दै अरे है भउते, बिरामी बिरामी जस्ती छ के । ल दाजु बईनी मोज अरओ । दादाका घराँ भलि लक्ष्मी पूजा देखुन त खाल जम्छ केरे, जुवा भने पुनि, तास भने पुनि, कौडा भने पुनि । म भने खास्सै खेल्न त जान्दिन, हेर्नी मत्रै हो धेरै जसो त । जे होस, भउते, नमे, निरे, पुन्टे दाजी, नेपे दाजी कस कसलाई फूर्सत छ, दादाकहाँ आओ है, तेही रमाईलो अरम्ला, चईनी कुभिन्डाको अचार सित घुमाका रोटा खाम्ला केरे नि । keep rolling...
Read Full Discussion Thread for this article