Posted by: Bhaute October 31, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिष जी, गजब छ। झुठो प्रशंशा होइन यो। तपाईँको लगावलाई सलाम छ। राम्रा शेर राम्रा हुँदै भए तर पनि यो चेलोको मनमा खस्केको २-४ कुरा है त। गल्ति भए माफ होस् है। नभए अर्को गजलले हानेहुन्छ। डाह खप्न नसक्नेले लागे हुन्छ आफ्नो बाटो फूल फुट्न के पाएथ्यो माउ भन्दा चल्ला बाठो भनेर :-) मलाई मन परेको शेर देख्नेले धेरै देख्ला, नदेख्नेको लागी कङ्गालै हुंला मेरो संसारको, म अकबर पनि, नोकर पनि ! हटाउनु भएकोमा गुनासो छ। यो शेरको पहिलो पाउलाई काटकुट पारेर अलिक रसिक बनाउनेहो भने यसमा मैले धेरै दम देख्छु। अनि अर्को शेरमा ग्रहण, अध्यारो पश्चात गोधूली भेटिन पर्ने हो, तर आयो उज्यालो हरा?को सूचना पनि, खबर पनि ! अध्यारो पछि गोधूलि आउने हो कि गोधूलि पछि अँध्यारो आउने हो? म अलमल परे कि हजुर? अरु त खै हजुरका सुनौला रचनामा कसिको नाममा यो भउते ढुङ्गा रगड्यो भने सुनको वर्वादीमात्र :-) ;-) -भउते
Read Full Discussion Thread for this article