Posted by: shirish October 28, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
मनै नहुंदो हो, नहुंदो नशाको रहर पनि ! कलेजो नै नहुंदो हो, नहराउदो हो असर पनि ! मूर्तिमा के छ के छ? मौन छ ईश्वर पनि ! भक्त झन् प्रष्ट छैन, के पाउला बर पनि ? देख्नेले बहार देख्छ आर्काको पतझर पनि आफूलाई भने कालै, भैसी पनि अक्षर पनि ! सम्भव हुने भए सपना साकार सजिलै, किन जागा नै रहन्थें रात-रातभर पनि ? केहि पाउन धेरै मिटाउन बाध्य सबै नै अत्तर बन्न तुहाउनु पर्छ फूलले अधर पनि ! भ्रष्ट आचरणलाई आबरण खोज्दा खोज्दा, हरायो मेरो, भएको अलि अलि कदर पनि !
Read Full Discussion Thread for this article