Posted by: Gautam B. October 25, 2005
Login in to Rate this Post:
0
?
>>>>>घाउ पुरिए तर खाटा बाँकी छ
अमलेख भईयो, पाता बाँकी छ >>>>>>>
वाह वाह! माने नेपे गुरु!
गुरुहरुका प्रतिकृया र सुझावका लागि धन्यवाद। नेपे गुरु, जिन्दगीमा आँशु त त्यसै पनि
बढी छँदैछ, त्यसैले लेख्दा सकेसम्म खुशीका कुरा लेखौँ भन्ने लाग्छ तर नहुने रहेछ।
भोगाइको छाया गाढा भएर टाँसिदो रहेछ।
हाइकुभन्दा गजल लेख्न त कता हो कता गाह्रो लाग्यो, नियम मिलाउन कन्नु पर्दा।
सुरेन गुरु, शेरहरु त दामी छन्। स्वतन्त्र शेरहरु हुन् कि बन्दै गरेको गजलका भाग हुन्?
गजलनै हो भने पूरै कहिले आऊँछ? अब दिग्गज गुरुहरुका अगाडि यो नया चल्लाले के प्वाक्क
बोलिहाल्नु? नेपे, शिरिष,ह्युष्टन, भउते गुरुहरुबाटै सुनौँ पहिला।