Posted by: Gautam B. October 24, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
नवप्रयोगीपनि कम निक्लेलान् जस्तो छैन, वास्तवमै झकास छन्। दादा यो "झकास" चैँ ज्यानकाजीको ट्रेड मार्क होला। गुरुहरुको सत्संगमा बसेर पनि दुई चार शेर हान्न सकिएन भने त मरेकै जुनी हुने भो भनेर यस्सो कोशिश गरिटोपल्न खोजेको, कस्तो भयो, गजल बन्यो कि गीत कि कविता; गुरुहरुको सुझाव पाम्। राम्रो लेख्न सकिएन भनेचैँ चाँडैनै हात धोएर हिड्नुपर्ला। "तिमीसंगै सुँक्क सुँक्क तारा गनी रोएँ भने तिम्रो आँशु कल्ले पूछ्ने म नै पनि रोएँ भने? जग सामु देखिनुछ धातु ढाली बनेको झैँ तिम्रो शिर अड्ने छाती कहाँ अनि रोएँ भने? वर्षौँ भयो मैनको मन भित्र भित्रै पग्लेको जिन्दगीनै बाढी बन्ला ऐया भनी रोएँभने! गोतामेको आँशु बग्छ रगतझैँ भित्र भित्रै मेरो आफ्नो के नै बाँकी बाहिर पनि रोएँ भने ? (लेख्न त लेखियो तर चित्त बुझ्या भे मार्दिनु!)
Read Full Discussion Thread for this article