Posted by: Gautam B. October 21, 2005
Govt pressures Kantipur FM station
Login in to Rate this Post:     0       ?        
चार भ्यान सुरक्षाकर्मी बलजफ्ती प्रवेश गरी स्याटेलाइट अपलिंकका उपकरणहरू लुट मध्यरातमा कान्तिपुर एफएममाथि सरकारी आक्रमण कान्तिपुर संवाददाता ललितपुर, कार्तिक ४ - सरकारले कान्तिपुुर एफएमको सातौं वाषिर्कोत्सवको पूर्वसन्ध्यामा शुुक्रबार मध्यराति डकैतीको शैलीमा प्रसारणका उपकरणहरू उठाएर लगेको छ । सशस्त्र सुुरक्षाकर्मी प्रयोग गरी पूर्वाञ्चलको भेडेटारबाट प्रसारण गरिने उपकरण उठाई सरकारले बलपूर्वक हालै जारी अध्यादेश लागू गरेको छ । राति ११ः१५ बजे चारवटा भ्यानमा आएका सुुरक्षाकर्मी पुुलचोकस्थित एफएम कार्यालयका सुुरक्षाकर्मीलाई हप्काई-दप्काई जबर्जस्ती प्रवेश गरेका थिए । उनीहरूले क्षेत्रीय प्रसारणमा उपयोग गरिएका इन्कोडरहरू, स्याटेलाइट मोडेम, डिजिटल अडियो रिसिभरलगायत आठवटा उपकरण लगेका छन् । त्यसअघि करिब पाँच घन्टा मन्त्रालय प्रतिनिधि र एफएम व्यवस्थापनबीच सौहार्दपूर्ण छलफल भएको थियो । एफएमले स्याटेलाइट लिंकद्वारा पूर्वाञ्चल प्रसारण गरिरहेको आधिकारिक र कानुनी कागजात देखाएपछि सन्तुष्ट भइ प्रतिनिधिहरू फर्केपछि सरकारले राति सुरक्षाफौज पठाएको थियो । 'सरकार नै लुुटपाटमा ओर्लेपछि हाम्रा लाखौं श्रोताबीच उभिएर न्याय माग्नुुको विकल्प रहेन,' एफएमका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले भन्नुुभयो- 'हामी सात वर्ष पुुगेको उपलक्ष्यमा सरकारले जनताको सुुसूचित हुुने अधिकारमाथि गरेको नांगो प्रहार हो ।' सरकारबाट अनुुमति लिएर, प्रत्येक वर्ष नवीकरण गर्दै राजस्व बुुझाउँदै आएको संस्थाप्रति गरिएको व्यवहार डरपोकको रहेको उहाँले बताउनुभयो । सामान लिएर जाने बेला सुुरक्षाकर्मीहरूले त्यहाँका कर्मचारीलाई अपशब्द प्रयोग गनर्ुुका साथै मोबाइल पनि स्विच अफ गरिदिएका थिए । दिउँसो निरीक्षण एवं छानबिनका लागि आएका भनिएका इन्जिनियरलाई नै राति प्रयोग गरिएको थियो । दिउँसो कुुन सामान कहाँ राखिएका छन् भनी हेरेर राति सुुरक्षाकर्मीको बलमा ती सामान लैजाने काम भएको थियो ।
Read Full Discussion Thread for this article