Posted by: Ok October 17, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
नेपालियनजी, चौतारीमा आमन्त्रण गर्नु भकोमा मुरीमुरी धन्यबाद। मलाई पनि यो अबिरल शारीरिक प्ररिश्रमको पट्यारबाट एकैछिन् भएपनि फूर्सद निकालेर दौँतेरीहरु सँगै चौतारीमा हाँसीट्यौरी गर्दै छहारीमा बस्न त पक्कै पनि मन छ नि। फेरी पल्लाघरे साईँली र ठूलिकान्छि पनि दाउरा लिन तेहि चौतारी हुँदै जाने कुरा सुन्दा त हाम्फाल्दै एकसासैमा पुहालौँ जस्तो लाग्छ। आफूले केहि योगदान दिन नसकेपनि साथीहरुको योगदानबाट भरपुर मज्जा चाहिँ लुट्दैछु। यसो कहिले काहिँ म पनि पसिहाल्छु नि है । दादागिरि र हाम्रो "हान्ने तान्न यानकी सिरि" ले साँच्चै नै लेख्ने हो भने मलाई चाहीँ पढ्दै ठीक होला जस्तो छ, खै कहिले निस्किने हो फूर्सद लेख्ने त? --- ओके
Read Full Discussion Thread for this article