Posted by: Dada_Giri October 16, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
बिचरा नमे! दिन रात चौतारीमा छ, हेर कति माया हुन्छ मुन्छेलाई आँफुले सारेको चौतारीको। घरि आउँछ, पानि हाल्छ, घरि आउँछ, झार उखेल्छ, ... ... ...ए मालि! --------------------------------------------------------------------- अर्कै कथा पप चौतारी ------------ "तेरा गोरुले मकै खायो तेरा गोरुलाई दाम्लोले बाँध् नत्र, फुकाल्दिन्छु तेरो दाँत! राती राती तेरो गोरु दाम्लो फुक्दो रैछ हरियो मकै खान मेरो बारी पुग्दो रैछ। तेरा गोरुले मकै खायो तेरा गोरुलाई दाम्लोले बाँध् नत्र फुकाल्दिन्छु तेरो दाँत! न त कहिले घाँस काट्छस् न त किन्छस् पराल ... ... ... तेरा गोरुले मकै खायो तेरा गोरुलाई दाम्लोले बाँध् नत्र फुकाल्दिन्छु तेरो दाँत!" रातभरि कराऽर सुत्नै दिएनन् बा। मछेटले त हैन नि फेरि। जेष्ठ जाँदो असार लाग्दो बेला हुँदो हो। घर्तीनी साँलीका पाखुरीमा जुरेलीले चल्ला काढ्नदो बेलाको कुरो हुँदो हो भनम् न। "को करायो? यति साह्रो त्यो जात (गोली गठ्ठे के) त हैन?" पशुपतीले बिस्तारै सोधे राजुलाई। कता राजुपनि गोलिगट्ठेसित मिसिने हो भन्नी कत्रो डर नि फेरि, मुखिया बालाई के पशुपतीलाई त हैन। पशुपतीले त अब कुरै बुझ्दैनन् बरा। बडो कान पनि सुन्दैनन्। बल्लबल्ल कुरो बुझाए पनि बिर्सिहाल्छन् बुढाले। अनि बुढाले यसो बाहिरको वातावरण बुझे, निरे पो रैछ। पप भाषामा गाली हानेको नमेलाई। नमेको चयाँकेकाँऽट ल्याको गोरु फुकेर निरेको मकै त आधा सखाप पारेछ नि। अनि किन नउफ्रोस् निरे।
Read Full Discussion Thread for this article