Posted by: Ok October 15, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
सबै साथीहरुलाई थ्यांक्यू है, प्रतिकृयाको लागि। दशैँको ह्याङओभर सकिएकै छैन, फेरी तिहारको रमझम सुरु भैसक्यो। ईमेल चेक गर्ने त फूर्सद छैन, साझा त तेस्रो प्राथमिकतामा पर्छ, ईमेल र समाचार पछि। कहिले काहिँ सप्तान्ततिर यसो नजर लगाउँदा केहि न केहि लेख्न मन लाग्छ, यो साझामा। एउटा कथा सुरु गरेको, कता पुग्यो कता? कसरी सकिने हो भन्ने कुरा नै आफैँलाई थाहा छैन। लेख्दै जाँउ, हेर्दै जाँउ, बिट मार्ने समय कसो नआउला त? --- ओके मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड २८ बिहान १० बजे देखि नै थियो प्रतियोगिता। यसपटक चाहीँ समयमै सुरु भयो। रामपुर स्कुलको ईज्जत राख्दै हामी प्रथम भयौँ र पुरुस्कार थापिउँ यो पालि पनि। शाहसरले बधाई दिनु भयो। 'ल अब प्रथम भएको उपलक्ष्यमा आज स्कुलको तर्फबाट खाजा ख्बाउने तिमीहरुलाई' भन्दै सिडिओ कार्यालय नजिकैको एउटा होटलमा पसेर सेलरोटी र आलुको चानाको तरकारी मगाउनु भो शाहसरले। हामी सबैजना खान मात्र के लागेका थियौँ, एकजना मान्छे होटलमा आएर सोध्यो "यहाँ ओम खनाल भन्ने बिद्यार्थी कोहि छ?"। शाहसर उठेर अनौठो मान्दै सोध्नु भो 'यिनै हुन् ओम, किन होला?' "सिडिओ सापले उसलाई लिएर आउनु भन्नु भा छ' भन्यो उस्ले। सिडिओ साप भन्ने बितिक्कै मलाई त डर लाग्यो। शाहसरले कारण बुझ्न खोज्नु भयो त्यो मानिससँग। 'मलाई थाहा छैन' भन्दै केहि थाहा नभएको कुरा ग-यो उस्ले। 'आजको हाजिरीजबाफमा फष्ट गरेकोले सिडिओसापले भेट्न खोज्नु भाहोला, जाउ ओम। हामी एकछिन् तिमीलाई यहिँ कुरेर बस्छौँ' शाहसरले त्यहि मान्छेसँग मलाई 'जाउ' भन्नुभो। मञ्जु 'ओमदाई खाजा खाएर जानुस् न' त भन्दैथिन् तर पनि त्यो मान्छेले तुरुन्तै जाँउ भनेकोले म पनि उसँगै डराई डराई जिल्ला प्रशाशन कार्यालयतिर लागेँ। 'किन होला त मलाइ सिडिओ सरले बोलाउनु भको? म जस्तो फुच्चेलाई तेत्रो ठूलो मान्छेले भेट्न किन खोज्नु भो होला? मैले केहि गल्ति पो गरेँ कि? खै... केहि गल्ति गरे जस्तो त लाग्दैन मलाई' मनमा अनेक तर्कना खेल्न थाले। २ मिनेट जति पनि लागेन, होटलबाट सिडिओ कार्यालयमा पुग्दा। मलाई 'बाहिरको बेञ्चमा बस्दै गर्' भनेर त्यो मान्छे सिडिओ कार्यालय भित्र पस्यो। नजिकैको नागरिकता फाँटमा नागरिकता लिने मानिसहरुको भिड थियो। "आज १ हप्ता भो सुब्बासाप, म यो डाँडाको चिसो खाएर बसेकी। हिजो देखि पैसा सकिएर केहि पनि खाको छैन। घर पुग्न ३ दिन लाग्छ हजुर। आज मेरो काम गरिपाँउ मालिकसाप्। नागारिकता नभर मेरो घरगोठ उठाउन लागे हजुर गाँउका ठुलाठालुले" जम्लाहात जोडेर एउटी ७०-७५ बर्षको जति देखिने बृदा अनुरोध गर्दै थिईन्। भित्रबाट कसैले बोल्यो "मैले हिजो के भनेको थिएँ, त्यो कुरा नभैकन त तिम्रो नागरीकता बन्दैन बुढी। मैले भनेको कुरा ठिक्क पारेउ भने भोली-पर्सी बनाईदिँउला, नत्र त तेत्तिकै हो"। अरु पनि बोल्दै थियो त्यो कोठाभित्रको मान्छे, टाढा भकोले मैले राम्ररी सुनिन। ति बृदा त त्यहाँबाट रुदैँ निस्किन्। मलाई त कस्तो नरमाईलो लाग्यो "हजुरआमा, काम भएन?" मैले सोधेँ। "के गर्थे बाबु म गरीब बुढीको काम। पैसा लाग्छ रे नानी ५०० रुपिँया। मसँग कहाँबाट हुनु तेत्रो पैसा" ति बुढिआमा त झन् ठूलो स्बरले पो रुन लागिन्। १५ बर्षे जोशमा मलाई सिधै भित्र गएर त्यो सुब्बा भनाउँदो मानिसको कठालोमा समाएर घोक्राउँ जस्तो त काँहा नलागेको हो र? तर पनि म फुच्चेको त्यत्रो आँट काँहा आउँथ्यो र? क्रमश
Read Full Discussion Thread for this article