Posted by: Nepe October 12, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
Houston-jee, You are right about Bhim Darshan. Although Muktak and Ghazal are related, they are not the same thing. And Manu Brazaki is indeed among others who contributed to bring the contemporary era of Ghazal. Here is brief review about Nepali Ghazal by Bhupendra Jung Shahi नेपाली साहित्यमा गजल भूपेन्द्रजङ्ग शाही (Kantipur, May 3, 2005) खासगरी प्रेमका विषयमा लेखिने गेयात्मकता र गहिरो भाव भएको सशक्त विधा हो गजल । यो निश्चित संरचनामा लेखिन्छ । काफिया, रदिफ, मतला, मक्ता, तखल्लुस, बहर र मात्रा आदि नियम गजल लेख्दा ध्यान दिनुपर्छ । गजल मार्फ् थोरै शब्दबाट धेरै सुकोमल र हृदयस्पर्शी अभिव्यक्ति दिन सकिन्छ । नेपालमा केहीले गजललाई कविता र गीतको अर्को रूप मान्ने गरेका छन् । केही प्राध्यापाक र साहित्यकारले भने यसलाई कविताकै रूप भनेका छन् । तर, गजलका स्रष्टा भने उनीहरू पुर्वाग्रही र अनभिज्ञ भएको आरोप लगाउ?छन् । इतिहास हेर्दा गजलको स्वतन्त्र जन्म काव्य विधाका रूपमा भएको देखिन्छ । फारसी तथा उर्दूमा स्वतन्त्र काव्य विधाको रूपमा उच्च महत्त्व छ भने हिन्दी साहित्यमा यसले छुट्टै विधाका रूपमा मान्यता पाइसकेको छ । उर्दू र फारसीमा विकास भएको गजलको प्रभाव दक्षिण एसियाका विभिन्न भाषामा पनि परेको छ । हिन्दी, पंजाबी, गुजराती, नेपाली, मैथिली आदि भाषामा गजल लेखिएपछि यसको लोकप्रियता अत्यन्तै बढ्यो । नेपालमा वि.सं. १९४० मा मोतीराम भट्टले गजल लेखन सुरु गरेका हुन् । उनले समकालीन कविलाई समेत गजल लेख्न प्रेरित गरे । मोतीरामको अभियानमा आशुकवि शम्भुप्रसाद ढुङ्गेलले महत्त्वपुर्ण योगदान पुर्?याए । भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरले त गजल संग्रह नै प्रकाशित गरे । १९९६ देखि चार दशकसम्म गजल लेखन अवरुद्ध भयो । ०३६ मा गजल फेरि जुमुरायो । गजल बिउँझाउने श्रेय पाएका छन् ज्ञानुवाकार पौड्यालले । यही समयमा ललितजन रावल, मनु ब्राजाकी, वियोगी बुढाथोकी आदि जन्मे । फुटकर गजल पत्र पत्रिकामा छापिए भने केही गाइए पनि । त्यसपछि बुद राना, रवि प्राञ्जल, घनश्याम न्यौपाने परिश्रमी, मुन पौड्याल, श्रेष्ठ प्रिया 'पत्थर' कृष्णहरि बरालको आगमनसंगै गजलले गति लियो ।
Read Full Discussion Thread for this article