Posted by: vishontar October 11, 2005
Is Durga Happy?
Login in to Rate this Post:     0       ?        
ऊमेशजी, प्रेरणाको लागी धन्यबाद! म अबस्य लेख्ने छु।आउदा केहि हप्ताहरु फुर्सतिला छन्।अबश्य लेख्ने छु। "सत्य मेव जयते"। "सत्य मेव जयते"।। "सत्य मेव जयते"।।। सत्यमेव जयते कुनै प्राचिन मन्त्र नभएर एक अखण्ड सत्य हो। मैले अहिले सम्म असत्यको जित भएको कहिल्यै देखेको छैन। सधै सत्यकै जित देखेको छु। अन्धाधुन्ध परापुर्व कालदेखी मानिदै आएका कुरिति र कुप्रथाहरुको वैज्ञानिक कारण खोज्ने समाजको विकाशतर्फ लाग्नुपर्छ हामी। कुनै कुरा गर्नु भन्दा पहिला सम्यक सोचविचार, सम्यक चिन्तनमनन, सम्यक मुल्याङकन गरेर मात्र पाइला चाल्ने समाजको निर्माणमा सहभागी हुनुपर्छ हामी। मृत ढुङगालाई देबता मानी, जिबित प्राणिहरुको आहुति दिने कस्तो दीन समाजमा जन्मियो, हुर्कीयो! झिगाले छोएर दिशा गरेको खाना खाने तर मानिसले छोएको खाना नखाने कस्तो अबुझ भएर जन्मियो, हुर्कीयो!! आफैले आफैलाई ठुलो मान्ने र अरुलाई सानो मान्न वा भन्न नलजाउने कस्तो निर्लज्ज भएर जन्मियो, हुर्कीयो!!! सम्पन्नताको आनन्द बिपन्नहरुलाई सानदिदै लिइने समाजमा जन्मियो, हुर्कियो!!!! अन्धाहरुको समाजमा पट्टी बाधेर जन्मियो। धेरै बसियो उमेश जी अध्यारोमा, अब उज्यालो खोज्ने बेला आएको छ। उज्यालो पाएकाले आत्मकेन्द्रित नभई, पछाडी फर्केर अध्यारोमा बसिरहेकाहरुलाई उज्यालो देखाउने बेला आएको छ। जसरी बाँचेपनि जहाँ बाचेपनि आयु सिध्याउने त हो नि। जीवनमा मा गर्नु पर्ने कुराहरु धेरै हुन्छन्, तर सार्थक कुरा रोज्न सक्नु बुद्दिमता हो। सार्थक त्यहि हो, जसले धेरैको कल्याण गर्छ। अतः, आत्मकेन्द्रित जिबनबाट बाहिर आउनु छ, परकेन्द्रित जिबन बिताउनुछ। यस्ता भाषण दिने मान्छेहरुको कमी छैन समाजमा, तर जसले बास्तविक जिवन बिताउछ, उस्ले मात्र प्रभाव पार्न सक्छ। "यथावादी तथाकारी"-जे बोल्छ, त्यो गर्छ। त्यसतो ले मात्र समाजलाई सहि बाटोमा हिडाल्न सक्छ। मुख हैन व्यबहार बोल्नु पर्छ। लेखहरु लेखेर, भाषण दिएर केहि मान्छेहरुलाई मानसिक सन्तुष्टी दिन सकिन्छ, त्यो राम्रो हो। त्याहाँबाट सुरुबात हुन्छ। तर त्यसले आमुल परिबर्तन ल्याउन सक्दैन। आमुल परिबर्तनको लागि समाज शिक्षित हुन आबश्यक छ। को शिक्षित? त्यो शिक्षित जो आफ्नो बुद्दिको प्रयोग गर्छ। भलै क, ख न आओस उस्लाई, तर कुनै काम गर्नु भन्दा पहिला त्यसको राम्रो सँग अध्यायन, मुल्याङकन गरेर त्यसको सहि, बेसहि, फाइदा बेफाइदा बुझेर गर्न सक्ने होस्। क, ख जान्नेले पनि यदि बिवेकको प्रयोग गर्दैन, र अन्ध श्रद्दाले स्विकार गर्छ भने, ऊ समस्या हो, समाधान होइन।
Read Full Discussion Thread for this article